जकरबर्गलाई १० वर्षपछि हार्भर्डबाट मानार्थ डिग्री



लसएन्जलस, (एजेन्सी)
फेसबुकका संस्थापक मार्क जकरबर्गले अन्ततः १० वर्षपछि हार्भर्ड युनिभर्सिसटीबाट मानार्थ डिग्री हासिल गरेका छन्।

विश्वको पाँचौं धनी व्यक्ती जकरबर्गको सम्पत्ति करिब ६२ अर्ब ३० करोड पुगेको छ। सामाजिक सन्जाल वेबसाइट फेसबुक बनाएपछि जकरबर्गले हार्भर्ड छोडेका थिए। जकरबर्गले आफ्नो ग्य्राजुएसन भाषणमा विद्यार्थीहरूलाई भने– ‘नयाँ सृजना गर्ने मात्र होइन नयाँ उद्यमको पनि खोजी गर्नुपर्छ।’

राजनीतिलाई नजिकबाट नियालिरहेकाहरू भने जुकरबर्ग सम्भवतः राजनीतिमा आउनका लागि मार्ग बनाइरहेको बताउँछन्।

बिहीबार उनले ग्य्राजुएट विद्यार्थीहरूलाई भने– ‘हामी एउटा अस्थायी विश्वमा बरिरहेका छौं। बढ्दो विश्वव्यापीकरणको दौडमा जसले आफूलाई पछाडि परेको महसुस गरिरहेका छन् उनीहरू आफूमै सीमित हुनेछ।’

‘यो हाम्रो समयको सबैभन्दा ठूलो लडाइँ हो। एकछत्रवाद, अलग–थलग गर्ने तथा राष्ट्रवादको शक्तिको विरोधमा विश्वका समुदाय स्वतन्त्र तथा उदारवादीको शक्तिको साथमा अगाडि बढ्नुपर्नेछ।’ –उनले भने।

जकरबर्गसँगै उनकी पत्नी प्रिसिला पनि उपस्थित थिइन्। उनले आफूले फेसकुकको शुरूआट गरेको सयन कक्षतर्फ संकेत गर्दै युनिभर्सिटीमा भएका घटनामध्यको सबैभन्दा विशेष प्रिसिलासँगको भेट हुनु भएको बताए।

हावार्डको ३६६औं ग्य्राजुएसन समारोहमा जुकरबर्गलाई मानार्थ डाक्टर अफ ल डिग्री दिएको थियो।

उक्त समारोहअगाडि बुधबार जुकरबर्गले आफ्नो सयनकक्षबाट फेसबुक लाइभ गरेका थिए। उनले एउटा सानो मेच र कुर्सीतर्फ देखाउँदै भने– ‘यो त्यही ठाउँ हो जहाँ म बस्ने गर्थें।’ आफ्नो ग्य्राजुएसन भाषणमा जकरबर्गले भने– ‘हाम्रो व्यवस्थामा कुण्ठा छ, जुन सही होइन। म यहाँ पढाइ छोडेर दश वर्षमा अर्बौं डलर कमाउन सक्छु, लाखौं छात्र आफ्नो लोनसम्म चुक्ता गर्न सकिरहेका छैनन्, व्यवसाय शुरू गर्ने कुरा धेरै टाढाको कुरा हो।’

‘जब तपाईं आफ्नो सोचमा काम अगाडि बढाउन सक्नुहुन्न, त्यसलाई एक ऐतिहासिक व्यवसाय बनाउने कुरा बिर्सनुस्।’ मार्कले त्यहाँ उपस्थित विद्यार्थीहरलाई आफूले सजाय भोगिरहेका तथा नशाको लतको सिकार बच्चाहरूसँग भेटेको विषय अनुभव सुनाए। उनले भने– ‘यदि उनीहरूसँग काम गर्नका लागि केही भएको भए उनीहरूको जिन्दगी अर्कै हुन्थे होला।’

३३ वर्षका जकरबर्ग एक हाइस्कुल छात्रसँगको कुराकानीलाई लिएर भावुक बने। उनले भने– ‘त्यो छात्रलाई डर थियो कि ऊ कुनै युनिभर्सिटीमा भर्ना हुन सक्दैन, किनभने उनी एक प्रवासी हुन् र उनीसँग पहिचानको कुनै दस्तावेज छैन।’ भिडियोमा उनले भनिरहेका थिए– ‘यहाँ मेरो सानो ल्यापटप थियो। यो त्यो ठाउँ हो, जहाँबाट मैले फेसबुकको प्रोग्राम लेखेको थिएँ।’

उनको सोसल नेटवर्किङ वेबसाइटको प्रयोग प्रत्येक दिन करिब १ अर्ब ९० करोडले गर्छन्। हावार्डबाट पढाइ छोडेका बिल गेट्सलाई करिब तीन दशकपछि सन् २००७ मा युनिभर्सिटीले मानार्थ डिग्रीबाट सम्मानित गरेको थियो।

त्यसैगरी माइक्रोसफ्ट कम्पनीका सहसंस्थापक बिल गेट्स विश्वका सबैभन्दा धनी व्यक्ति बनेका छन्। आफ्ना ग्य्राजुएसन समारोहमा विद्यार्थीहरूलाई गेट्सले आफू च्यारिटीको काममा बढी सक्रिय हुनका लागि कम्पनीबाट राजीनामा दिने बताएका थिए।

प्रतिक्रिया दिनुहोस्