दुबइमा रोबोट प्रहरी तैनाथ



दुबइ (एजेन्सी)
विज्ञान प्रविधिको चरम विकाससँग यसका सकारात्मक तथा नकारात्मक प्रभावको विषय प्राय विवादको विषय बन्दै आइरहेको छ । मानवसँग सम्बन्ध रहेका सबै क्षेत्रहरुमा कम्प्युटरको प्रयोग एक प्रकारले अनिवार्य बनिसकेको छ । यस अर्थमा विज्ञान प्रविधिको विकासलाई आत्मसात नगर्नु अब कुनै पनि समाज र देशका लागि असम्भव जस्तै स्थितिमा विश्व पुगेको छ ।

विज्ञान प्रविधिको विकाससँग मानव रोजगार सँधै धरापमा पर्दै गएको देखिन्छ । यद्यपी विकसित देश परम्परागत रोजगारको स्वरुपमा तिब्र परिवर्तन ल्याउन सक्षम भएका छन् । यस क्रममा उद्योग, रेस्टुरेन्टसँग पत्रकारितामा समेत रोबोटको प्रयोग हुन थालेको समाचारले त्यस क्षेत्रमा संलग्न जनसक्तीका लागि चिन्ताको विषय बनिरहेकै बेला संयुक्त इमिरेट्सको दुबइमा प्रहरी सेवामा समेत रोबोटको प्रयोग हुने भएको छ ।

दुबइ प्रहरीले पहिलो पटक रोबोटलाई प्रहरी अधिकारीको ड्युटीमा लगाएको छ । अहिले यी रोबोटलाई प्रहरी अधिकार सहरको मल तथा पर्यटन स्थलहरुमा गस्तीमा परिचालन गरिएका छन् ।
अलिहे मानिसहरु यसको माध्यमबाट अपराधको सुचना दिन सक्छन् । यसको प्रयोग जरिवाना तिर्नका लागि पनिे हुनसक्छ र यसको छातीमा राखिएको टसस्क्रिनबाट सुचना पनि हासिल गर्न सक्छ ।

यो रोबोट आंकडा संकलनमा पनि प्रयोग हुन्छ । ती डाटालाई ट्रान्सपोर्ट तथा ट्राफिक विभागसँग साझेदार गर्न सकिने जनाइएको छ ।

दुबइको प्रशासन सन् २०३० सम्ममा प्रहरी बलमा २५ प्रतिशत रोबोट संलग्न गर्ने योजनामा छ । तर रोबोट प्रहरीले मानिसको स्थान नलिने पनि स्पष्ट पारेको छ ।

दुर्ब प्रहरीको स्मार्ट सर्भिसेज विभागका महानिर्देशक ब्रिगेडियर खालिद अल रजुकीले भने– हामी आफनो प्रहरी अधिकृतहरुलाई यो मेसिनको बदलामा हटाउन गइरहेका छैनौं । तर दुबइमा जसरी आवादी बढिरहेको छ, त्यसलाई ध्यानमा राखि प्रहरी अधिकारीहरुलाई सहि स्थानमा तैथान गर्न चाहन्छौं ताकी उनीहरुले सहरको सुरक्षामा ध्यान दिन सकोस ।

प्रतिक्रिया दिनुहोस्