सहमतीय सरकार गठन गर्न आह्वान



काठमाडौं, (नेस)
राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतिका आधारमा नयाँ सरकार गठन गर्न व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई आह्वान गर्नुभएको छ।

बिहीबार राष्ट्रपतिको कार्यालयले एक विज्ञप्ति जारी गरी सात दिनभित्र सहमतिका आधारमा सहमति सरकार गठन गर्न आह्वान गरेको हो। राष्ट्रपति भण्डारीले नेपालको संविधान–२०७२ को धारा २९८ को उपधारा (२) बमोजिम प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गरी सात दिनभित्र सहमतिको सरकार गठन गर्न आह्वान गर्नुभएको हो।

प्रतिक्रिया दिनुहोस्