कांग्रेसले बाजी मार्यो महानगरको पहिलो परिणाम



ललितपुर महानगरपालिकामा प्रमुख र उपप्रमुख दुवै पदमा नेपाली काँग्रेसका उम्मेदबारले विजय हासिल गर्नुभएको छ। नेपाली काँग्रेसका नगरप्रमुख पदका उम्मेदवार चिरीबाबु महर्जन २४ हजार ६ सय४२ मतका साथ मेयर पदमा विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत बालकृष्ण दवाडीले जानकारी दिनुभयो।

महर्जनले उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का हरिकृष्ण ब्यञ्जनकारलाई ३सय२६ मत अन्तरले पछाडि पार्नुभएको छ।

प्रमुख पदका उम्मेदवार एमालेका ब्यञ्जनकारले २४ हजार ३सय१६ मत प्राप्त गर्नुभएको थियो। त्यसैगरी, उपप्रमुख पदमा नेपाली काँग्रेसका गीता सत्यालले १९ हजार ८सय१९ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँले निकटतम प्रतिद्वन्द्वी साझा पार्टीकी शोभा शाक्यलाई ५ हजार ५सय७९ मतले पछाडि पार्नुभयो। शाक्यले १४ हजार २सय४० मत प्राप्त गर्नुभएको छ। ललितपुर महानगरको निर्वाचनमा एमाले र राप्रपाबीच गठबन्धन रहेको थियो।

प्रतिक्रिया दिनुहोस्