नीति तथा कार्यक्रम आज



काठमाडौं (नेस)
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका कारण स्थगित हुँदै आएको व्यवस्थापिका संसद्को बैठक बिहीबार बस्ने भएको छ। स्थानीय निकायको संख्या थप गरिएको आरोप लगाउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा रोक्न एमालेले बुधबार पनि संसद् चल्न दिएन।

तीन दलबीच बुधबार छलफल भए पनि सहमति हुन सकेन। छलफलमा एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी हुनुभएन। त्यसपछि संसद् बैठक स्थगित गरी प्रधानमन्त्री दाहाल राजीनामा घोषणा गर्न सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय पुग्नुभएको थियो।

बुधबार सूचना टाँसेर संसद् स्थगित गरिएको छ। संसद्को अर्को बैठक आज ४ बजेका लागि बोलाइएको छ। संसद्मा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम पेस गर्ने कार्यसूची छ। बिहीबारको संसद् अवरुद्ध नगर्ने संकेत एमालेले दिएको छ।

प्रतिक्रिया दिनुहोस्