प्रचण्ड नेतृत्वको सरकारले नै दोस्रो चरणको चुनाव गराउने, एमालेको यस्तो छ रणनीति



मनोज रेग्मी,काठमाडौ ।
दोस्रो चरणको स्थानीय चुनाव नजिकिँदै गर्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज .दिउँसो ४ बजे राष्ट्रका नाममा सम्बोधन गर्दैै राजिनामा दिने तयारी गर्नुभएको छ ।

दोस्रो चरणको चुनाव आउन अब जम्मा २० दिन मात्र बाँकी छ । तर, अब आउने नयाँ सरकारले दोस्रो चरणको निर्वाचन गराउनु असम्भव देखिएको एमाले पार्र्टी कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले बताउनुभयो ।

राजीनामापछि राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतिको सरकार गठनकालागि संविधान अनुसार एक हप्ताको समय दिनुहुनेछ भने त्यसपछि बहुमतीय सरकारका लागि समय दिनुहुनेछ ।

नयाँ सरकार गठनमा दुई साताको हिसाब गर्दा लगभग जेठ २५ गते सम्मको समय लाग्न सक्छ । त्यसैले ५ दिनभित्र नयाँ सरकारले चुनावको तयारी पूरा गर्न अप्ठेरो हुने भएकोले दोस्रो चरणको निर्वाचन अघि नयाँ सरकार बन्न नदिने रणनीति प्रमुख विपक्षी एमालेले बनाएको छ ।

हामी चुनाव अघि नयाँ सरकार बनाउन दिदैनौं, एमालेका कार्यालय सचिव श्रेष्ठको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्