इन्टरनेट सेवाको उभार



ढुनबहादुर बुढाथोकी

सन् २००० मा डाटा सेवाको (इन्टरनेट) उपभोक्ता ४० करोड थिए। सन् २०१६ को अन्त्यसम्ममा डाटा सेवा प्रयोगकर्ता ३ अर्ब ४८ करोड पुगेका छन्। जसमा १ अर्ब २ करोड विकसित मुलुकका र २ अर्ब ४६ करोड उपभोक्ता विकासोन्मुख मुलकका छन्। सन् २००० देखि २०१६ को बीचमा डाटा प्रयोगकर्ता ७ गुना वृद्धि भई ६.५ बाट ४७.१ प्रतिशत पुगेको छ। मोबाइलब्रोड ब्यान्डमा ३ जी को हिस्सा ६९ प्रतिशत छ।

सन् २०१६ मा विकसित मुलुकमा ८३.८ प्रतिशत घरधुरी डाटा पहँुच पुग्दा विकासोन्मुख मुलुकमा ४१.१ प्रतिशत घरधुरी मात्र पुगेको छ। डाटा घनत्व युरोपमा ८० प्रतिशत, अमेरिकामा ६५ प्रतिशत, एसिया तथा प्रशान्त क्षेत्रमा ४१.९ प्रतिशत हुँदा अफ्रिकामा २५ प्रतिशत मात्र छ। प्रस्तुत आँकडावाट विश्वमा डाटा डिजिटल डिभाइड फराकिलो रहेको सबुत मिल्छ। यसै पनि विश्वका ४ अर्ब मानिसले डाटाको मुख देख्न पाएका छैनन्। डाटाको मुख देख्न बन्चित ९० प्रतिशत विकासोन्मुख तथा अतिकम विकसित मुलुकका बासिन्दा हुन्।

विश्वव्यापि मौलाइरहेको डाटा सेवाको प्रभावबाट नेपाल अछुतो रहन सम्भव थिएन। उक्त प्रभावबाट बच्न नसक्दा आजभन्दा १५ वर्षपूर्व अर्थात् सन् २००० मा डाटा सेवा प्रारम्भ भएको थियो। अहिले डायलअप, वायरलेस मोडेम, भी–स्याट, अप्टिकलफाइबर, इथरनेट, केवलमोडेम, एडियसएल, जीपीआरएस, ईडीजीई, डब्ल्यूसीडीएम, ई–भिडिओ, वाइम्याक्स आदि प्रबिधिवाट डाटा सेवा पस्किएको अवस्था छ। सेवा, न्यारोब्यान्ड–ब्रोडब्यान्ड, थ्रिजी, फोरजी, वायरलाइन–वायरलेस, लिमिट–अनलिमिडेट आदि विभिन्न प्रविधि र प्याकेजमा पस्किएको छ। हाल डाटाको पहँुच ७५ वटै जिल्लामा पुगेको छ। कुल उपभोक्ता १ करोड ४५ लाख ५७ हजार पुगेका छन्। तथापि समष्ठिगत डाटा टेलिडेन्सिटी १२७.६७ प्रतिशत पुग्दा डाटाडेन्सिटी ५५.०३ प्रतिशत मै सीमित छ।

९१.५ प्रतिशत सरकारी लगानी रहेको राज्य अधिनस्थ संस्था ‘नेपाल टेलिकमद्वारा’ उच्च गतिको डाटा सेवा पस्कने उद्देश्यका साथ तेस्रो पुस्ताको (थ्रीजी), एफटीटीएच (१ देखि १०० एमबीपीएस), फोरजी, पीएसटीन प्रविधिमा आधारित उच्च गतिको एस्मेटिक डिजिटल सब्सक्राइबर लाइन (एडीयसएल), चौथो पुस्ताको वल्डवाइड इन्टर अपरेटिबिलिटी फर माइक्रोवयभ एक्सेस (वाइम्याक्स), वाइम्याक्स प्रविधिमा आधारित वाइफाइ हटस्पट, पीएस टिन प्रविधिमा आधारित आइपिब्यास्ड वायर लाइन, सीडीएमए प्रविधिमा आधारित तेस्रो पुस्ताको इभोलस्नरी डाटा अप्टिमाइजेसन (ई–भिडिओ), सीडीएमए प्रविधि मै आधारित ३.१ एमबीपीएस डाउनलिंक र १.८ एमबीपीएस अपलिंक क्षमतासहितको आईपीसीडीएम सञ्चालनमा ल्याएको छ।

नेपाल टेलिकमले २०६५ ताका भित्राएको वायरलाइन प्रविधिमा आधारित उच्च गतिको ब्रोडब्याड एडीएसएल सेवा ७५ जिल्लाहरुमा पुगेको छ। १९२ केबीपीएस गतिमा चलाउन सकिने उक्त सेवा भोलुमबेस र अनलिमिटेड प्याकेजमा उपलब्ध छ। मुलुकका सबै गाविस तथा नगरपालिकामा न्यूनतम २५६ केबीपीएस क्षमताको व्रोडब्यान्ड इन्टरनेट प्रदान गर्ने लक्ष्यअनुरूप नेपाल टेलिकमले २०६९ बाट भित्राएको वायरलेस प्रविधिमा आधारित चौथो पुस्ताको वाइम्याक्स सेवा सर्वसुलभ मूल्यमा सर्वसाधारणलाई उपलब्ध गराइएको छ। अहिलेसम्मकै उच्चगतिको चौथो पुस्ताको एललिई नेपाल टेलिकमले २०७३ पुस १७ गते शुरुआत गरेको छ भने ऐनसेलले २०७४ वैशाख २० गते अनुमति प्राप्त गरेको छ।

डाटा व्यापारमा राज्य अधिनस्थ कम्पनी ‘नेपाल टेलिकम’ ५५.५६ प्रतिशत बजार हिस्सासहित अग्रणी स्थानमा छ। सेलुलर मोबाइलमा सेवामा अग्रणी स्थान ओगटेको एनसेलको बजार हिस्सा ४१.७९ प्रतिशत मात्र छ। जहाँ यूटीएललगायत अन्य स–साना आईएसपीहरुको हिस्सा एकाध प्रतिशत मात्र छ। डाटा बजारमा जीपीआरएसको पकड दमदार भइरहँदा उपभोक्तासामु लोकप्रिय मानिएको एडीएसएल इन्टरनेट सेवा आशातित मौलाउन नसकिरहेको अवस्था छ।

राज्यको जीवनमा डाटा सेवाको पहँुचले ज्ञानमा आधारित समाजको निर्माण र विद्युतीय शासन अवधारण साकार हुदो छ। ई–कमर्स, ई–गभर्नेन्स, ई–लर्निङ, ई–हेल्थ सहज भएको छ। शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन क्षेत्रको प्रबद्र्धनमा टेवा पुगिरहेको छ। सूचना पहँुचको खाडल साँघुरिएको छ। राज्यका गतिविधि, राज्य निकाय प्रदत्त सेवा, सुविधा, सर्त, पहिचान र उपभोगमा सहजता सिर्जना भएको छ। यी सबथोक सम्भव डाटा सेवाको विकास, विस्तार र अवलम्बनका कारण भएको हो।

अत्याधुकि एवं उच्च गतिको मानिने वाइम्याक्स र फाइवर टु होम सेवा पनि आशातित बाटो पक्रन सकिरहेको छैन। पीएसटीएन सेवामा आधारित डायलअप सेवा हुनु⁄नहुनुमा कुनै भेद छैन। २०७३ पु सम्ममा नेपाल टेलिकमका डाटा उपभोक्ता–जीपीआरएस तथा डब्ल्यूसीडीएमएतर्फ ७७ लाख ६० हजार, एडीएसएलतर्फ १ लाख ८३ हजार ई–भिडिओतर्फ १ लाख ३६ हजार, वाइम्याक्सतर्फ १६ हजार १ सय ८६, डायलअपतर्फ ३ हजार ६ सयसहित ८१ लाख पुगेको छ। जबकि एनसेलको पोल्टामा ६० लाख ९२ हजार उपभोक्ता छन्। एनसेलका सबै उपभोक्ता मोबाइल ब्रोडब्यान्डका (जीपीआरएस, ईडीजीई, डब्ल्यूसीडीएम) हुन्। अन्य साना सेवा प्रदायकमध्ये स्मार्ट टेलिकमको पोल्टामा १ लाख १६ हजार र यूटीएलको पोल्टामा ६३ हजार उपभोक्ता छन्। स्मार्ट टेलिकमका उपभोक्ताले जीपीआरएस, ईडीजीई, डब्ल्यूसीडीएम र यूटीएलका उपभोक्ताले सीडीएमए आइएक्स, ई–भिडिओ प्रबिधि उपभोग गरिरहेका छन्। अन्य आईएसपीको पोल्टामा २ लाख ७ हजार उपभोक्ता छन्। ती आईएसपीहरुले वायरलेस मोडेम, अप्टिकल फाइबर इथरनेट, केवलमोडेम मार्फत् डाटा सेवा पस्किरहेका छन्।

डाटा सेवाको विस्तारले आम नागरिकको दैनिकी सूचनामय बनिरहेको छ। मोबाइल सेवाको कभरेज भएको जुनसुकै स्थानमा जनरल रेडियो पकेट सर्भिस (जीपीआरएस) सेवा उपभोग गर्नु कठिन छैन । डाटा सेवाको जादुमय चमत्कारले संसारभरका सूचनाहरु औंलाको टुप्पोद्वारा नियन्त्रित छन्। दैनिक जीवनमा आवश्यक जुनसुकै सूचना पहिल्याउन सर्च इन्जिनहरु दुरुस्त अवस्थामा छन्। मोबाइलको स्क्रिन टच गरेकै भरमा पलपलको खबरसँग साक्षत्कार गर्न कुनै पापड बेल्नुपर्दैन। विपरीत ध्रुवको मानिससँग अनलाइन गफ गर्नु वा भिडियो टक कुनै नौलो कुरा मानिँदैन। डाटा सेवा मुलुकको कुना काप्चासम्म पुगेको छ। यहाँसम्म कि अन्नपूर्ण आधार शिविरसमेत डाटा सेवाबाट अछुतो छैन। नेपाल टेलिकमले एनटिस्याट प्रविधिमार्फत् ४ हजार १ सय ३० मिटर उचाइमा २५६ केबीपीएस क्षमताको डाटा सेवा सेवा पुर्याएको हो।
राज्यको जीवनमा डाटा सेवाको पहँुचले ज्ञानमा आधारित समाजको निर्माण र विद्युतीय शासन अवधारण साकार हुँदो छ। ई–कमर्स, ई–गभर्नेन्स, ई–लर्निङ, ई–हेल्थ सहज भएको छ। शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन क्षेत्रको प्रबद्र्धनमा टेवा पुगिरहेको छ। सूचना पहँुचको खाडल साँघुरिएको छ। राज्यका गतिविधि, राज्य निकाय प्रदत्त सेवा, सुविधा, सर्त, पहिचान र उपभोगमा सहजता सिर्जना भएको छ। यी सबथोक सम्भव डाटा सेवाको विकास, विस्तार र अवलम्बनका कारण भएको हो।

डाटा सेवाका लागि ब्यान्डविथ खाँचो हुन्छ। ब्यान्डविथको नाममा ठूलो मात्रामा परिवत्र्य विदेशी मुदा बहिरगमन भइरहेको छ। नेपालमा प्रयोग भइरहका फेसबुक, टुइटर, युट्युब, इमेललगायतका ६० प्रतिशत सामाजिक सञ्जालहरु आयातित हुन्छन्। नेपालमा स्याटलाइट, अप्किल फाइवरमार्फत् ब्यान्डविथ प्रयोग भइरहेको छ। नेपाल टेलिकम र एनसेल सर्वाधिक ब्यान्डविथ प्रयोग गरिरहेका छन्। आव २०७३ पुस महिनामा मात्र ब्यान्डविथका खातिर ५३.४७ करोड वैदेशिक मुद्रा सिफारिस गरेको छ। जुन आफैंमा कम्ती ठूलो रकम होइन।

ग्रामीण दूरसञ्चार सेवालाई कागजी अभियानमै सीमित गर्दा अझै नेपालमा ५५ प्रतिशत मानिस डाटा सेवावाट बन्चित छन्। कमजोर पूर्वाधार र अत्याधुनिक सयन्त्रको अभावमा डाटा सेवाको गुणस्तरले उपभोक्ता आकांक्षालाई सम्बोधन गर्न नसकिरहको अवस्था छ। डाटा सेवा यसै पनि महँगो छ। यसर्थ डाटा सेवा सर्वसुलभ बनाउन, डाटा सेवाको पहँुच ग्रामीणस्तरसम्म पुर्याउन र मुलुकलाई सूचना समाजतर्फ उन्मुख बनाउन ग्रामीण दूर सञ्चार कोषमा जम्मा भएको धनराशी ग्रामीण दूर सञ्चार सेवाको पूर्वाधारमा खर्चन खुट्टा कमाउनुपर्ने कुनै कारण छैन। त्यस्तै सेवा प्रदायकहरुबीच पूर्वाधारमा निर्माणमा भएको दोहोरो लगानी निरुत्साहित गरी पूर्वाधारमा साझेदारी गर्नू–गराउनू अपरिहार्य छ।

 

प्रतिक्रिया दिनुहोस्