महानगरपालिकाका नयाँ मेयरले के गर्ने ? यस्ता छन् पूर्वमेयरहरूका टिप्स



ईश्वरराज ढकाल

अबको करिब एक साताभित्र दुई महानगरमा नयाँ मेयर निर्वाचित हुँदै छन्। केही बेर खुसी त होलान् तर उनीहरूले चुनौतीको चाङलाई कसरी समाधान गर्लान् ? भन्ने प्रश्न सबैको चासोको विषय भइरहेको छ। राजधानीको काठमाडौ महानगरपालिका र सँगै जोडिएको ललितपुर महानगरपालिकाका मेयरलाई झन्डै दर्जनभन्दा बढी चुनौती देखिएको छ। फोहोर व्यवस्थापन विकराल बन्दै गएको छ। पर्याप्त खानेपानी छैन। ढल निकासको समस्या त्यस्तै छ। बाटो धुलाम्य छ। कसरी व्यवस्थापन गर्ने यो चुनौती मुख्य रूपमा देखिएको छ। बाटोघाटोलगायतका विषय त सामान्य नै भए।

‘काठमाडौं महानगरपालिकाका पूर्वमेयर केशव स्थापितको भनाइमा यी त चुनौतीनै होइनन्। मुख्य चु्नौती भनेको सबै दल मिलेर राजधानीको विकास गर्नु हो। युवा कर्मचारीलाई भर्ना गर्नुपर्छ, युवाको दिमाग प्रयोग गरेर काठमाडौं विकास गर्न सकिन्छ’ –उहाँको भनाइ थियो। फोहोर, खानेपानी, ढल लगायतका समस्या त सामान्य नै हुन्। मुख्य चुनौती भनेकै कर्मचारीसँग कसरी काम गर्ने भन्ने हो।

बुद्धिराज वज्राचार्य
तत्कालीन ललितपुर नगरपालिकाका मेयर

महानगरको चुनौती भनेकै फोहोर व्यवस्थापन, हरियाली प्रवद्र्धन, वित्तीय सुशासन, ढल निकास र भूकम्पबाट ध्वस्त भएका सम्पदा पुनर्निर्माण नै हो। स्थानीय निकायले काम नगरेको भन्ने आरोप छ, त्यो होइन सरकारकै कारण काम हुन नसकेको हो। काम नभएपछि चुनौती थपिन्छ, त्यत्तिकै आलोचना बढ्छ ।

 
काग्रेस, एमाले वा माओवादी जसले जिते पनि मिलेर काम गर्नुपर्छ, एक्लै हिँडेमा झन् चुनौती थपिनेछ। मेघा परियोजना सञ्चालन गर्नुपर्ने आवश्यकता छ। नयाँ मेयरले सबैलाई मिलाएर लैजाने हो वा होइन यो नै चुनौती हो। पूर्वमेयरको हैसियतले स्थापितले खासै चुनौती नदेखे पनि कामपामा थुप्रै चुनाती छन्।

एकीकृत विकास, सुरक्षित बस्ती, काष्ठमण्डप, धरहराजस्ता भूकम्पले ध्वस्त भएका सम्पदा पुननिर्माण, भवन निर्माण आचारसंहितको कडाइका साथ पालना गर्न लगाउनु, हाउसपुलिङ, जग्गाा विकास, वर्षौदेखि शुरू भएको चःमती र मनोहरा जग्गा विकास योजनाको काम सम्पन्न गर्नु मुख्य चुनौती देखिएको छ।

केशव स्थापित
काठमाडौं महानगरपालिकाका पूर्वमेयर

मुख्य चु्नौती भनेको सबै दल मिलेर राजधानीको विकास गर्नु हो। युवा कर्मचारीलाई भर्ना गर्नुपर्छ। युवाको दिमाग प्रयोग गरेर काठमाडौं विकास गर्न सकिन्छ।

 

‘यस्ता चुनौनी समाधान गर्न आत्तिनु हुँदैन, डराउनु हँुदैन सबैको सहयोग लिनुपर्छ सजिलै गर्न सकिन्छ’ –पूर्वमयेर स्थापितले सुझाव दिनुभयो। सार्वजनिक जग्गा अधिक्रमण, तीनकुने पार्क निर्माण, नदी निकास, जग्गाको संरक्षण खुला क्षेत्रको विकास लगायतका विषय कसरी समाधान गर्ने भन्ने विषय चुनौतीपूर्ण देखिएको छ। ‘ललितपुर महानगरपालिकामा पनि कामपाकै जस्तै थुप्रै चुनौती देखिएका छन्। काठमाडौंजस्तो काम गर्न गाहो छैन, सानो जिल्ला भएकाले दिलदेखि काम गर्न सके सजिलै विकास गर्न सकिन्छ’ –ललितपुर महानगरपालिकाका पूर्वमेयर बुद्धिराज वज्राचार्यले भन्नुभयो।

वडा अध्यक्षसहित तीन कार्यकाल मेयरको वागडोर सम्हाली सक्नुभएका वज्राचार्यले भन्नुभया– ‘महानगरको चुनौती भनेकै फोहोर व्यवस्थापन, हरियाली प्रवद्र्धन, वित्तिय सुसासन, ढल निका , भूकम्पबाट ध्वस्त भएका सम्पदा पुनर्निर्माण नै रहेको जिकिर गर्नुभयो। यो अवस्थामा त स्थानीय निकायले नगरेको भन्ने आरोप छ , त्यो होइन सरकारकै कारण काम हुन नसकेको हो। काम नभएपछि चुनौती थपिन्छ, त्यत्तिकै आलोचना बढ्छ । उहाँले सबैले मिलेर काम गरे जस्तोसुकै चुनौती समाधान गर्न सकने बताउनुभयो। ललितपुर महानगरमा शहरी विकास, फोहोर व्यवस्थापन, विद्युतीय शुसासन, भू–उपयोग योजना, पर्यटन संरक्षणलगायतका विषय मुख्य चुनौती रहेका छन्। जस्तोसुकै चुनौती भएपनि काम गर्नु मुख्य विषय भएको पूर्वमेयरहरूको धारणा छ।

प्रतिक्रिया दिनुहोस्