प्रज्ञान सेक्युरिटिज कारबाहीमा लगानीकर्ताले १९ अर्ब गुमाए



नेपाल समाचारपत्र
काठमाडौं
कप्रद शेयरसम्बन्धी सूचना चुहावट गरेको भन्दै नेपाल धितोपत्र बोर्डले प्रज्ञान सेक्युरिटिजलाई कारबाही गरेको छ।

बोर्डले प्रज्ञानको विराटनगरस्थित कार्यालयबाट सिभिल बैंकले जारी गर्न लागेको हकप्रद शेयरको सम्बन्धमा सार्वजनिक नभएको सूचना केही व्यक्तिलाई दिएकाले छानबिन कार्य नसकिंँदासम्म प्रज्ञान सेक्युरिटिजलाई निलम्बन गर्दै सोमबारदेखि शेयर कारोबार गर्न रोक लगाएको हो।

यसैबीच आइतबार नेप्से १६ दशमलब ६३ अंकले घट्दै परिसुचक १६२७ दशमलब २४ अंकमा ओर्लिएको छ। १ सय ४६ कम्पनीका ११ लाख ९७ हजार कित्ता शेयर ६८ करोड १८ लाख रुपियाँमा किनबेच भएको थियो। दोहोरो अंकले परिसूचक घटेको दिन लगानीकर्ताले १९ अर्ब रुपियाँ गुमाएका छन्। यसदिन समग्र बजार पुँजीकरण १८ खर्ब ९५ अर्ब रुपियाँ कायम भएको छ।अघिल्लो साताको अन्तिम कारोबार हुँदा बजार पुँजीकरण १९ खर्ब १४ अर्ब रुपियाँ रहेको थियो।

आइतबार बीमा समूहको सबैभन्दा धेरै १०४ अंकले ओरालो लागेको छ। त्यस्तै बैंकिङ समूह १८, होटल समूह ४९, विकास बैंक समूह १५, फाइनान्स समूह ६ र जलविद्युत् समूह २२ अंकले ओर्लिएका छन्। तर, भने उत्पादन र अन्यबाहेक सबै समूह ओर्लिएका छन्। उत्पादन समूह ५४ अंक र अन्य समूह १ अंकले बढेको थियो।

यसदिन नेपाल इन्स्योरेन्सको सबैभन्दा धेरै ४ करोड १५ लाख रुपियाँ बराबरको शेयर खरिद बिक्री भएको छ। त्यस्तै जनता बैंक, भार्गव विकास, कर्णाली डेभलपमेन्ट, नयाँ नेपाल लघुवित्त लगायतका कम्पनीका लगानीकर्ता धेरै गुमाउनेमा परेका छन्। तर, एनबी इन्स्योरेन्स, बोटलर्स नेपाल तराई, सिनर्जी पावर, हिमालयन डिस्टिलरी, मेरो माइक्रोफाइनान्सका लगानीकर्ताले १० प्रतिशत नाफा कमाएका छन्।

प्रतिक्रिया दिनुहोस्