नगदको कुरा



अहिले मुलुकको माहोल चुनावमय छ। जहाँ गए पनि चुनावको बाहेक अर्को विषयमा चर्चा हुने गरेको धरहराले सुनेको छैन। हुन पनि किन होस् २० वर्षपछि भएको चुनावमा जनता दंग छन्। धरहराले पनि यो चुनावको चियो चर्चो नगरेको कहाँ हो र ? आइतबार धरहराको ध्यान एउटा बसतिर खिचियो। त्यहाँ ६ दशक काटेकी दुई आमाले गरेको कुराकानी कम घत लाग्दो थिएन। एक आमाले भनिन्– ‘चुनावमा भोट हाल्न लाइनमा बसेको एउटा चिन्दै नचिनेको मान्छेले १ हजारको नोट खुसुक्क जेपमा हालिदियो र भन्यो– लौ आमा भोट चाहिँ मेरो पार्टीलाई दिनुहोला है भन्दै १ हजार दियो मैले त १ हजार पनि लिएँ भोटचाहिँ अर्कैलाई दिएँ। जसलाई भोट दिएँ उसले चाहिँ जितेछ।’ अर्की आमाले भनिन्– ‘भोट भनेको त पैसाका लागि दिने हो र मलाई पनि कतिले फकाएका थिए मैले भोट आफ्नो मन परेको पार्टीलाई दिएँ।’ उनको कुरा सुनेपछि धरहरालाई लाग्यो– यसपटक पनि निर्वाचनमा रमाइलै भएछ।

प्रतिक्रिया दिनुहोस्