युवा पुस्ताको नजर कस्तो रह्यो पहिलो चरणको निर्वाचन ?



मत हाल्नका लागि गत बैशाख ३१ गते हेटौडामा लामबद्ध मतदाता तस्वीरः रोशन पराजुली,हेटौडा

पहिलो चरणको स्थानीय निर्वाचन सम्पन्न भएर अहिले मतगणना भइरहेको छ र मुलुक दोस्रो चरणको निर्वाचनको मूडमा जान लागेको छ। यो अवस्थामा पहिलो चरणको निर्वाचनमा भाग लिएका सर्बसाधारण के भन्छन् त ? कुनै कमजोरी वा राम्रो पक्ष देखिएको भए ती कुराहरु आगामी निर्वाचनमा कमजोरी सच्याउन र राम्रो पक्षलाई निरन्तरता दिन सजिलो होस् भनेर हामीले यसपालि सर्बसाधारणसँग कुराकानी गरेका छौं। प्रस्तुत छ, नेपाल समाचारपत्रका लागि सुरेश तामाङले विभिन्न व्यक्तिसँग गरेको कुराकानी संक्षेपमाः

‘निर्वाचन आयोगले सह्राहनीय काम ग¥यो’
सुरक्षा व्यवस्था धेरै राम्रो थियो। तर, धेरै लाइन बस्नुपर्दा म जस्तो ढाडको बिरामीलाई गाह्रो भयो। तर, वृद्ध÷वृद्धा र अशक्तलाई मत खसाल्न निकै राम्रो व्यवस्था गरिएको थियो। निर्वाचन आयोगको व्यवस्थापन कार्यलाई सह्राहनीय नै मान्नुपर्छ।

‘मतपत्र झञ्झटिलो भयो’
चुनावमा भोट हाल्न हामी जस्तो पढेलेखेकालाई त सजिलै भयो। तर यो मतपत्र अशक्त, वृद्ध÷वृद्धामैत्री छैन। उहाँहरुलाई भोट हाल्न हम्मेहम्मे परेको देखियो। त्यसैले आगामी दिनमा यसलाई सच्याउनेतर्फ कदम चाल्नुपर्दछ। अहिलेको जस्तो झन्झटिलो मतपत्र हुनुहुँदैन।

‘मत बदर हुने डर लागिरहेको छ’
भित्तातिर टाँसेको सूचनाको भरमा भोट हालियो। बदर हुन्छ कि भन्ने डर पनि छ। सिकाउने मान्छेहरु घरमै आएर सिकाएको र अभ्यास गर्न पाएको भए आफ्नो मत बदर हुने हो कि भन्ने डर हुने थिएन।

‘गणनाको शैली मन परेन’
चुनाव त जसोतसो सकियो तर मत परिणाम भने भोलि पल्टै सुन्न पाइएन। धेरै लामो समयको अन्तरालमा मात्रै मत परिणाम सुन्न पाइयो। ढिलासुस्तिलाई सुधार गरिनुप¥यो। नत्र जनतामा आफ्नो मतको सदुपयोग भयो कि भएन भन्ने उत्साह नै मर्ने अवस्था आउने रहेछ। त्यसले गर्दा मुलुकको समग्र प्रणालीमा नै वितृष्णा उत्पन्न हुने रहेछ। त्यसैले आगामी दिनमा गणनाको यो सुस्ततालाई सच्याएर छिटो गणना गर्नु राम्रो हुन्छ।

‘मतदान गर्ने बेलामा अलमल देखियो’

मत हाल्ने बेलामा मतदाताहरु पूरै अलमलमा परेको मैले देखें। मतदाता शिक्षा सही तरिकाले दिएको भए यस्तो हुने थिएन। अब आउने चुनावमा मतदाता शिक्षा प्रभावकारी हुनुप¥यो। नत्र मतदाताको वास्तविक भावना नआउने संभावना हुन्छ। त्यसैले सम्बद्ध निकायहरुले कसरी मत हाल्ने भन्ने कुरामा बेलैमा सर्बसाधारणलाई जानकारी गराउनुपर्दछ।

‘विद्युतीय मतदानको व्यवस्था गर्नु राम्रो’

हामीले चुनावका बेला झन्झट मानी मानी भए पनि मत त दियौँ तर मत परिणाम आउन निकै ढिलो भयो। आउने चुनावमा इलेक्ट्रोनिक भोटिङ सिस्टम लागू गर्नुप¥यो। त्यसो गरियो भने अहिलेको जस्तो गणनामा झन्झट हुने थिएन। दुनियाँ कहाँबाट कहाँ पुगिसक्यो तर हामी भने मतगणना गर्न नै कैयौं दिन लगाउँछौं। यसले राम्रो सन्देश दिएको छैन।

‘आचारसंहिता पालना गरेको देखिएन’
चुनावमा छिटपुटबाहेक झै–झगडा भएन। स्थानीय स्तरमा पार्टीका कार्यकर्ताहरुले मदिरा खाएरसमेत यस्ता झै–झगडा हुने हुन्। त्यसैले आगामी निर्वाचनका बेलामा मादक पदार्थ बिक्रीबितरणमा पूर्ण रूपमा रोक लगाइनुपर्दछ। चुनावका बेला निर्वाचन आयोगले जारी गरेको आचारसंहितासमेत पालना गरेको देखिएन। यसतर्फ अलि कडाइ गरिनुपर्दछ।

‘मतदान केन्द्रमा हेल्थ डेस्क पनि राख्नुपर्छ’
मतदान केन्द्रमा हेल्थ डेस्क पनि राखेको भए हुन्थ्यो। कुनै मतदाता त लाइन बस्दाबस्दै बेहोस भएको र १ जनाको त मृत्यु भएको पनि सुनियो। अबको चुनावमा यस बारेमा पनि ध्यान दिनु जरुरी रहेको छ।

‘व्यवस्थापनमा बेखुसी हुनुपर्ने ठाउँ छैन’
पहिलोपटक भोट हालेको हुँ। भोटहाल्ने ठाउँ मेरा लागि पायक पर्ने भए पनि अरुका लागि अपायक थियो। चर्काे घाममा धेरै बेरसम्म लाइन बस्नुपरेको थियो। तैपनि खुसी लाग्यो। मतदाताका लागि राम्रो सुविधा पनि दिइएको थियो। त्यसैले निर्वाचनको व्यवस्थापनमा बेखुसी हुनुपर्ने ठाउँ छैन। राम्रै भएको मान्नुपर्छ।

प्रतिक्रिया दिनुहोस्