निर्वाचितलाई प्रशिक्षण दिइने



सरकारले स्थानीय तहका नवनिर्र्वािचत जनप्रतिनिधिलाई शपथ ग्रहण तथा स्थानीय तह सञ्चालनसम्बन्धी प्रशिक्षण पनि दिने भएको छ। सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले यससम्बन्धी तयारी गरिसकेको जनाइएको छ।

निर्वाचित महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिकाका प्रमुख÷अध्यक्ष तथा उपप्रमुख÷उपाध्यक्षलाई स्थानीय तह सञ्चालनसम्बन्धी प्रशिक्षण दिने तयारी भइरहेको मन्त्रालयबाट थाहा भएको छ। यस खालको प्रशिक्षण दुई चरणमा हुने जनाइएको छ।

मन्त्रालयका अनुसार सबै प्रदेशमा पहिलो चरणमा प्रमुख÷अध्यक्ष तथा उपप्रमुख÷उपाध्यक्ष र दोस्रो चरणमा वडाअध्यक्ष तथा सदस्यलाई समेत स्थानीय तह सञ्चालनसम्बन्धी प्रशिक्षण दिइनेछ। संविधानको अनुसूचीमा रहेका स्थानीय तहले प्रयोग गर्ने अधिकार, स्थानीय तह सञ्चालनसम्बन्धी कानुन, कार्र्यिवभाजनसम्बन्धी नियमावली र कार्यसम्पादन नियमावली, आर्थिक पक्षका सूक्ष्म जानकारीलगायत आवश्यक विषयमा विज्ञमार्फत प्रशिक्षणको व्यवस्था गर्ने तयारी छ।

प्रतिक्रिया दिनुहोस्