नौकुण्डमा काँग्रेस विजयी



रसुवा, ३ जेठ । नौकुण्ड गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका नुर्पु साङ्वो दुई हजार ३०१ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकप (एमाले)का म्लाङदुङ मोक्तानले एक हजार ७१७ मत प्राप्त गर्नुभयो । सो गाउँपालिकाको उपाध्यक्षमा एमालेका सिर्जना तामाङले एक हजार ६०९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नयाँ शक्ति पार्टी नेपालका युटी लमिनीले एक हजार ५२६ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत अशोकराज रेग्मीले जानकारी दिनुभयो ।

रसुवाका पाँचवटा गाउँपालिकामध्ये पार्वतीकुण्डको मात्र मतपरिणाम आउन बाँकी छ । रासस

प्रतिक्रिया दिनुहोस्