पर्वतको पैंयूँ गाउँपालिकामा काँग्रेसका तिवारी विजयी



फलेवास (पर्वत), ३ जेठ । स्थानीय तहको निर्वाचनअन्तर्गत दक्षिण पर्वतको पैंयूँ गाउँपालिकामा नेपाली काँग्रेस नेता खगेन्द्र तिवारी अध्यक्षमा विजयी हुनुभएको छ ।

हिजो रातिअबेर सम्पन्न मतगणनामा नेपाली काँग्रेसका खगेन्द्रप्रसाद तिवारीले ९७७ मतले विजयी हुनुभएको हो । तिवारीले तीन हजार ४३१ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का मित्रलाल बस्यालले दुई हजार ४५४ मत प्राप्त गर्नुभएको छ ।

पैंयूँ गाउँपालिकाको उपाध्यक्षमा पनि नेपाली काँग्रेसका जसमती गुरुङ विजयी हुनुभएको छ । उहाँले तीन हजार १८४ मत पाउँदा एमालेकी गोमता शर्माले दुई हजार ४३१ मत प्राप्त गर्नुभएको छ ।

पैंयूँ गाउँपालिकामा नौ हजार ८०९ मतदाता रहेकामा छ हजार ८२४ मत खसेको थियो । त्यस्तै उक्त गाउँपालिकाको वडा नं १, २, ६ र ७ मा काँग्रेस, तथा ३ र ४ मा एमाले विजयी भएको छ भने ५ नम्बर वडामा (माओवादी केन्द्र)ले जितेको निर्वाचन अधिकृत आचार्यले जानकारी दिनुभयो ।
निर्वाचन अधिकृत यज्ञप्रसाद आचार्यका अनुसार सोमबार बिहानदेखि सुरु भएको मतगणनामा सातवटा वडा रहेको पैंयूँ गाउँपालिकाको मतगणना सकिएको हो । रासस

प्रतिक्रिया दिनुहोस्