बागलुङ निसीखोलामा काँग्रेस विजयी



बागलुङ, ३ जेठ । जिल्लाको निसीखोला गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ ।

दुई हजार ९३७ मत प्राप्त गर्दै नेपाली काँग्रेसका तारानाथ पौडेल गाउँपालिका प्रमुखमा निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा(माओवादी केन्द्र) का प्रेम घर्तीले हजार ३८ मत प्राप्त गर्नु भएको छ ।

गाउँपालिका उपप्रमुखमा पनि नेपाली काँग्रेसकै शोभा कार्की विजयी हुनुभएको छ । उहाँले दुई हजार ८७२ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी यशोधा रेग्मीले दुई हजार तीन मत प्राप्त गर्नुभएको छ ।

सात वडा भएको निसीखोला गाउँपालिकामा वडा नं १, ४, ५ र ६ मा क्रमशः नेपाली काँग्रेसका इन्द्रबहादुर शाही, टीकानिधि पौडेल, हर्कमान घर्ती र सूर्यबहादुर घर्ती समूहसहित विजयी हुनुभएको छ ।

वाड नंं २ मा माओवादी केन्द्रका कुवीर विक र वडा नं ३ मा राष्ट्रिय जनमोर्चाका जुनविक्रम शाही विजयी हुनुभएको छ । वडा नं ७ मा भने स्वतन्त्र उम्मेदवार तेजिन्द्रविक्रम कुँवरको समूह विजयी भएको छ । रासस

प्रतिक्रिया दिनुहोस्