नौकुण्ड गाउँपालिका प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी



नेपाल समाचारपत्र, रसुवा । रसुवाको नौकुण्ड गाउँपालिकाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी भएको छ ।

प्रमुखमा नेपाली कांग्रेसका नुर्पु साङ्वो घले २३०१ मतका साथ विजयी हुनुभएको हो । उपप्रमुखमा १६०९ मत ल्याएर एमालेकी सृजना लामा विजयी हुनुभएको छ ।

प्रमुखमा नेकपा एमालेका म्लाङदुङ मोक्तानकोे १७१७, नयाँ शक्ति पार्टीका भूमे लामाको १४४८ र स्वतन्त्रबाट उम्मेदवारी दिनुभएका लक्षिन नुर्पु तामाङ १३ मत आएको निर्वाचन अधिकृत अशोक राज रेग्मीले जानकारी दिनुभयो ।

उपप्रमुखमा नयाँ शक्तिकी युटि लमिनी १५२६ र नेकपा माओवादी केन्दका केशव प्रसाद पौडेलको १०१० मत आएको छ ।

६१७६ मत खसेकोमा १४१ मत वदर भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्