काभ्रेका दुई गाउँपालिकामा मतगणना सकियो



मोतीराम तिमल्सिना, काभ्रे ।
काभ्रेका दुई गाउपालिकाको मतगणना सकिएको छ । जिल्लाको विकट गाविस खानीखोला गाउँपालिकामा नेकपा एमालेका अध्यक्ष, उपाध्यक्ष सहित चार वडा अध्यक्ष विजयी भए भने बेथाञ्चोक गाउँपालिकामा नेपाली कांग्रेसको सिङ्गो प्यानलले विजयी भएको छ ।
डाँडापारीको खानिखोला गाउँ विकास समितिमा नेकपा एमालेका अध्यक्ष कृष्णबहादुृर खुलालले २०२१ मत ल्याएर विजयी भए भने उपाध्यक्षमा एमालेकै रुकमणी गुरुङ्गले २ हजार १ सय ३० मत प्राप्त गरिन् । एमालेका निकटम प्रतिद्धन्द्धी नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर थिङ्गले १६ सय ४४, उपाध्यक्ष विष्णुमाया मोक्तानले १५ सय ६६ मत प्राप्त गरे । तेश्रो भएको नेपाली कांग्रेसका गोपाल दर्लामीले १६ सय ३७ मत प्राप्त गरे भने उपाध्यक्ष उम्मेदवार तारा घिमीरेले १५ सय ९६ मत प्राप्त गरिन् ।
शहरमा सयौ मत बदर हुँदा गाउँमा १ प्रतिशत मात्रै बदर भएको छ । ७०३५ मतदाता मध्ये ५६१७ मत खस्यो । जसमा ५७ मत मात्रै बदर भयो । ५५६० मत मध्ये सदर भएको थियो । ७ वटा वडा रहेको खानीखोलामा दुईवटा वडामा नेकपा माओवादी केन्द्रले विजय हासिल गरेको छ भने एउटा वडामा नेपाली कांग्रेसले विजय हासिल गरेको छ ।
त्यस्तै बेथान्चोक गाँउपालिकामा नेपाली कांग्रेसका प्रेम बहादुर तिमल्सिनाले ३८ सय ५८ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्धन्द्धी नेकपा एमालेका प्रेम लामाले २७ सय ४१ मत प्राप्त गरेका थिए । त्यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसका सरिता लामिछाने तामाङले ३८ सय ५२ मतले विजयी भएकी छिन् । उनका प्रतिद्धन्द्धी नेकपा एमालेका उन्नति केसिले २८ सय ४१ प्राप्त गरेकी छिन् । उक्त गाउँपालिकामा ९ हजार ३ सय ७८ मत खसेको थियो । ३२ सिट मध्ये ३१ सिटमा नेपाली कांग्रेसले विजय हासिल गरेको छ ।

मतगणनामा ढिलाई
स्थानीय तहको निर्वाचनमा मतगणनामा ढिलाई भईरहेको भन्दै आलोचना भईरहेको छ । ढिलाई हुनुको कारण मध्ये केहि कारणहरु यस्ता छन् ।

उम्मेद्वार भन्दा सयौं गुणा बढी चिन्ह राख्नु, मतपत्रको रंग र स्वस्तिकछापमा प्रयोग भएको मसिको रंग एउटै हुनु, मतपत्रको आकार अनुसार गणकहरुको ब्यवस्थापन हुन सक्ने खालको निर्दे्शिका जारी नगर्नु र संविधान सभाको चुनाव जस्तै स्थानिय तहको निर्वाचन ठान्नु जस्ता निर्वाचन आयोगको गंभिर कमजोरीका कारण स्थानिय तहको मत परिणाम आउन ढिला भएको हो भन्ने हाम्रो बुझाइ छ ।

एक सय मत गणना गर्न ३ घन्टा लाग्छ तर घण्टामा एक सय मत मात्र तीन जनाले गन्नु भन्ने आयोगको निर्देशन छ । मतगणना बापत कर्मचारीले पाउने पैसा एक घण्टामा एक सय मात्र हो नत्र अहिले पाउने घण्टाको रु ३३ मात्रै हो । यस्तो परिस्थितीमा निर्वाचन आयोग अझै मौन छ ।

प्रतिक्रिया दिनुहोस्