कालिका गाउँपालिकामा एमाले विजयी



नेपाल समाचारपत्र, रसुवा । रसुवाको कालिका गाउँपालिकाको प्रमुख र उपप्रमुखमा एमाले विजयी भएको छ ।

प्रमुखमा सिता कुमारी पौडेल १४५८ मतका साथ विजयी हुनुभएको हो । उपप्रमुखमा भवानी प्रसाद न्यौपानेले १७०२ मत ल्याएर विजयी हुनुभएको छ ।

प्रमुखमा नेपाली कांग्रेसका साधुराम पौडेलको १२२५, नेकपा माओवादी केन्द्रका उद्धव प्रसाद रिजालको ११८७, नयाँ शक्ति पार्टीका कृष्ण बहादुर तामाङको ८१४ र राष्ट्रिय प्रजातन्त्र पार्टीका टिका प्रसाद देवकोटाको ३२ मत आएको छ ।

उपप्रमुखमा नेकपा माओवादी केन्दकी शिला मगरको १४११, नेपाली कांग्रेसकी सावित्रीदेवि केसीको ७६४ नयाँ शक्ति की सरिता न्यौपानको ६९८ र राप्रपाकी चित्र कुमारी देवकोटाको २७ मत आएको निर्वाचन अधिकृत राजेन्द्रदेव पाण्डेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्