दोलखाको जिरी नगरपालिकामा प्रमुख, उपप्रमुख सहित ६ वडामा एमालेको जित



चिरञ्जीवी मास्के, दोलखा । दोलखाको जिरी नगरपालिकाको नगरप्रमुख र उपप्रमुखमा नेकपा एमाले विजयी भएको छ । नगरप्रमुखमा नेकपा एमालेका टंक जिरेलले ३२१२ मत प्राप्त गरी विजयी भएका हुन । उनको प्रतिद्वन्द्वी माओवादी केन्द्रका गेल्बु शेर्पाले २१०६ मत प्राप्त गरेका थिए भने नेपाली कांग्रेसको सोनाम शेर्पाले १४०२ मत प्राप्त गरेका थिए ।

त्यसैगरी उपप्रमुखमा नेकपा एमालेको कृष्णमाया बुढाथोकीले ३२६८ मत प्राप्त गरेर विजयी भएकी छन् । उनको प्रतिद्वन्द्वी माओवादी केन्द्रको चित्रमाया दहालले १९४१ मत प्राप्त गरेकी थिईन भने नेपाली कांग्रेसको लिलादेवी जिरेलले १३२२ मत प्राप्त गरेकी थिईन । जिरी नगरपालिकाको ९ वटा वडा मध्य नेकपा एमालेले ६ वटा वडामा जित हासील गरेको छ भने माओवादी केन्द्रले दुई वटा वडामा र नेपाली कांग्रेसले एक वटा वडामा जित हासील गरेको छ ।

नेकपा एमालेले वडा अध्यक्ष जितेको
१) भीमेश्वर नगरपालिका वडा नम्बर १ मा वीरबहादुर थामी
२) जिरी नगरपालिका वडा नम्बर ३ मा नुर्वु शेपा
३) जिरी नगरपालिका वडा नम्बर ४ मा पदेमान जिरेल
४) जिरी नगरपालिका वडा नम्बर ६ मा गोपालबहादुर कार्की
५) जिरी नगरपालिका वडा नम्बर ७ मा डुके शेर्पा
६) कालिञ्चोक गाँउपालिका वडा नम्बर ३ मा निशान्त बुढाथोकी
७) बैतेश्वर गाँउपालिका वडा नम्बर ७ मा रेशमराजस्वराज रिमाल
८) गौरीशङ्कर गाँउपालिका वडा नम्बर १ मा झलककुमार कार्की
९) शैलुङ गाँउपालिका वडा नम्बर १ मा बृषबहादुर तमाङ
१०) बैतेश्वर गाँउपालिका वडा नम्बर ५ मा कुमार चौलागाई
११) कालिञ्चोक गाँउपालिका वडा नम्बर ४ मा केशवबहादुर ठकुरी
१२) जिरी नगरपालिका वडा नम्बर ७ मा डुके शेर्पा
१३) जिरी नगरपालिका वडा नम्बर ८ मा तेजबहादुर खड्का
१४) जिरी नगरपालिका वडा नम्बर ९ मा ज्ञानबहादुर सुनुवार
माओवादी केन्द्रले वडा अध्यक्ष जितेको
१) जिरी नगरपालिका वडा नम्बर २ मा ङिमापाल्दे शेर्पा
२) जिरी नगरपालिका वडा नम्बर ५ मा ङिमा साङ्गे शेपा
३) विगु गाँउपालिका वडा नम्बर १ मा हिरन्डेबहादुर गुरुङ
४) विगु गाँउपालिका वडा नम्बर २ मा कृष्ण ठकुरी
५) विगु गाँउपालिका वडा नम्बर ३ मा श्रीराम खड्का
६) कालिञ्चोक गाँउपालिका वडा नम्बर २ मा नानी पाण्डे
७) गौरीशङ्कर गाँउपालिका वडा नम्बर २ मा वसन्त कार्की
८) बैतेश्वर गाँउपालिका वडा नम्बर ८ मा रमेशकुमार अधिकारी
९) गौरीशङ्कर गाँउपालिका वडा नम्बर ३ मा नेत्रबहादुर वस्नेत
नेपाली कांग्रेसको वडा अध्यक्ष जितेका
१) जिरी नगरपालिका वडा नम्बर १ मा लाक्पा शेर्पा
२) कालिञ्चोक गाँउपालिका वडा नम्बर १ मा बाबुलाल थामी
३) बैतेश्वर गाउँपालिका वडा नम्बर ६ मा शम्सेर घिसिङ
४) तामाकोसी गाँउपालिका वडा नम्बर १ मा महेश्वर काफ्ले
५) तामाकोसी गाँउपालिका वडा नम्बर २ मा हर्कमान योञ्जन
६) शैलुङ गाँउपालिका वडा नम्बर २ मा शुक्रध्वज योञ्जन
७) भीमेश्वर नगरपालिका वडा नम्बर २ मा विराज श्रेष्ठ
८) गौरीशङ्कर गाँउपालिका वडा नम्बर ४ मा प्रल्हाद कार्की
भीमेश्वर नगरपालिका
भीमेश्वर नगरपालिकामा दुई वटा वडाको मतगणना सकिएको छ । अहिलेसम्म प्राप्त मत परिणाम अनुसार नगरप्रमुखमा नेपाली कांग्रेसको इश्वर मानन्धरले १५९७ मत प्राप्त गरेका छन् भने एमालेको भरत केसीले १५८३ मत प्राप्त गरेका छन् । त्यसैगरी उपमेयरमा प्रमुखमा एमालेको कमला वस्नेतले १५५३ र माओवादी केन्द्रको कमला कार्कीले ६२४ मत प्राप्त गरेकी छन् ।
कालिञ्चोक गाँउपालिका
कालिञ्चोक गाँउपालिकामा चार वटा वडाको मतगणना पछिको परिणाम अनुसार प्रमुखमा एकिकृत माओवादीका कुलबहादुर बुढाथोकीको १८५४, एमालेको विनकुमार थामीको १५९७ मत प्राप्त भएको छ । उपप्रमुखमा एमालेको कालिका पाठकको १६४७ र नेपाली कांग्रेसको गोपीलाल थामीको १५५७ मत प्राप्त भएको जनाईएको छ ।
शैलुङ गाँउपालिका
शेलुङ गाँउपालिकामा दुई वटा वडाको मतगणना सकिदा अध्यक्षमा नेपाली कांग्रेसका सिंहबहादुर तमाङले १००३ र एमालेको भरत दुलालले ६८४ मत प्राप्त गरेका छन् ।
बैतेश्वर गाँउपालिका
बैतेश्वर गाँउपालिकामा चार वटा वडाको मतगणना सकिदा अध्यक्षमा नेकपा एमालेको ऋषिकेश उप्रेतीले ४६७७ र नेपाली कांग्रेसको छवि लामाले २९७९ मत प्राप्त गरेका छन् । त्यसैगरी उपप्रमुखमा नेकपा एमालेको शान्ति तमाङले ४११३ मत र माओवादी केन्द्रको रविचन्द्र आचार्यले ३४२० मत प्राप्त गरेका छन् ।
तामाकोसी गाँउपालिका
तामाकोसी गाँउपालिकाको दुईवटा वडामा मतगणना सकिएर वडा नम्बर ३ जफेको मतगणना जारी रहदा प्रमुखमा नेपाली कांग्रेसको भवेन्द्र कार्कीको १७४८ मत र एमालेको इश्वरचन्द्र पोखरेलको १३०२ मत प्राप्त भएको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्