बागलुङ जिल्लाका हालसम्मका विजयी उमेदवारहरु



सिर्जना पन्त, बागलुङ ।

आइतबार भएको स्थानिय निकायको निर्वाचनको मतगडना चलिरहदा बागलुङ बागलुङ जिल्लाकै ठुलो मानिएको बागलुङ नगरपालिकाका १,३,४ र ५ नम्बर वडामा नेकपा एमालेको प्यानलनै विजयी भएको छ ।

त्यसैगरी नगरपालिकाको वडा नम्बर दुईमा नेकपा एमालेका अध्यक्ष्ँ र एक सदस्य सहित नेपाली काङग्रेसका तिनजना सदस्य विजयी भएका छन् ।

नेपाली काङग्रेसको गढ मानिएको बागलुङ नगरपालिकाका पाँच वटा वडामा जित हासिल गरेसँगै बागलुङ नगरपालिकाका नेकपा एमाले बलियो बन्दैं गएको छ भने नेपाली काङग्रेस कमजोर बन्दैं गएको स्थानियहरुले अनुमान लगाउन थालेका छन् ।

३४ हजार ५ सय २८ जना मतदाता रहेको बागलुङ नगरपालिकामा २४ हजार ६ सय ५१ मत खसेको थियो । बागलुङ नगरपालिकामा नेकपा एमाले, राप्रपा , राष्ट्रिय जनमोर्चाले तालमेल गरेर उमेदवार उठाएका थिए भने नेपाली काङग्रेस र माओवादी केन्द्र छुट्टा छुट्टै निर्वाचनमा होमिएका थिए ।

बागलुङ नगरपालिकाको वडा नम्बर एकमा नेकपा एमालेका दुर्गाबहादुर बोहराले ५ सय ९९ मत ल्याएर प्यानल सहित निर्वाचित हुनु भएको छ भने वडा नम्बर दुईमा नेकपा एमालेका जिवन आचार्य ५ सय ८२ मत ल्याएर निर्वाचित हुनुभएको छ ।

वडा नम्बर दुईमा आचार्य सहित नेकपा एमालेका एक सदस्य र नेपाली काङग्रेसका तिनजना सदस्य निर्वाचित भएका छन् । त्यसैगरी वडा नम्बर तिनमा नेकपा एमाले र राष्ट्रिरय जनमोर्चाका संयुक्त उमेदावर लक्ष्मी बास्कोटा १२ सय ६५ मत ल्याएर प्यानल सहित निर्वाचित हुनुभएको छ ।

वडा नम्बर चारमा नेकपा एमालेका धु्रव केसी ८ सय १६ मत ल्याएर प्यानल सहित निर्वाचित हुनभएको छ । त्यस्तै वडा नम्बर नेकपा एमालेका शिव सापकोटा प्यानल सहित निर्वाचित हुनु भएको ।

नगरपालिकाका पाँच वटा वडाको मतगडना हुदा सम्म मेयरका उमेदवार नेपाली काङग्रेसका बसन्तकुमार श्रेष्ठले ३ हजार ४ सय ५६, नेकपा एमालेका जनक पौडेलले ४ हजार १ सय ५२ र उपमेयरका उमेदवार नेपाली काङग्रेसका शकुन्तला शर्माले ३ हजार ६९ र एमाले राप्रपाका संयुक्त उमेदावार सुरेन्द्र खड्काले ३ हजार ९ सय ७८ मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्