जित्ने निश्चित



अहिले चुनावमा उठेका करिब ५० हजार जति उम्मेदवारलाई सोध्यो भने अधिकांशको जवाफ हुने गरेको छ– ‘चुनाव जित्ने निश्चित भइसक्यो।’ सञ्चारमाध्यमहरूमा उम्मेवदारहरूको भनाइ सुन्दा उहाँहरूले माला लगाउन मात्रै बाँकी जित्ने निश्चित भइसक्यो भन्ने गर्नुभएको छ। आज प्रचारप्रसारको अन्तिम दिन भएकाले उहाँहरूलाई अहिले भ्याइनभ्याई छ। चुनावमा उठ्ने उम्मेदवारले मेरो त्यति राम्रो छैन भन्न पनि मिलेन। नत्र मत नै नपाइएला भन्ने डर। जित्ने निश्चित छ भन्यो कतिपयले उडाउँला जस्तो गर्छन्। उहाँहरूलाई पनि कम्ती अप्ठेरो कहाँ छ र?

तर, उहाँहरूले भनेझैं करिब ५० हजारको नै आफ्नो प्रतिद्वन्द्वीसँग मत बराबर आयो भने अप्ठेरो पो पर्ने हो कि? त्यस्तो चाहिँ नहोला भन्ने ठानौं। जेहोस् सबैले जित्ने गरी मिहेनत गरेको झल्को चुनावी प्रचारप्रसारले दिइरहेको छ। हुनत अन्तिममा जित्ने भनेको निश्चित मान्छेले मात्रै हो। धेरै जना छाँटिने निश्चित छ। जे भए पनि उम्मेदवार महोदयहरूको दौडधूप आज अन्तिम भएकाले सबैमा धरहराको शुभकामना।

प्रतिक्रिया दिनुहोस्