म्यादी प्रहरीलाई राशनसहित पोशाक वितरण



लक्ष्मी कुमार साह, महोत्तरी ।
आसन्न निर्वाचनमा खटिने म्यादी प्रहरीलाई राशनसहित पोशाक वितरण गरिएकोे छ । केहि साता देखि तालिम सकेर सादा पोशाक मै ड्युटी गर्दै आएका म्यादी प्रहरीले अव पोशाक लगाएर नै ड्युटी गर्ने भएका छन ।

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा बुधबार प्रबन्ध शाखाले म्यादी प्रहरीको लागि राशनबापत पाँच हजार दुई सय र थप गरी जम्मा ९ हजार ६ सय ११ रुपैया वितरण गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरिक्षक दिपक पोखरेलले बताए । जिल्ला प्रहरीले जलेश्रबाट चार सय ३३ म्यादी प्रहरीलाई सो रकम र पोशाक वितरण गरेको छ ।

त्यस्तै दोस्रो चरणमा महोत्तरीमा चुनाव हुने निश्चित भएपछि जिल्ला प्रहरी कार्यालय महोत्तरीले म्यादी प्रहरीहरुलाई सामाजिक कार्यमा समेत सहभागी गराउन थालेका छन ।

नेपालकै प्रसिद्ध तिर्थ स्थलको रुपमा रहेको जलेश्वरनाथ मन्दिरको सरसफाईको लागि म्यादी प्रहरी विहिवार खट्ने भएका छन । मन्दिर सरसफाईमा जलेश्वरमा रहेका म्यादी प्रहरी मध्ये करिव चारसय प्रहरी सरसफाईमा सहभागी हुने जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रनाउ पोखरेलले बताए ।

प्रतिक्रिया दिनुहोस्