‘जनताले जिताउने आश्वासन दिइसक्नुभो’



हेमरत्न बज्राचार्य कामपा १९ वडा अध्यक्षका सवतन्त्र उम्मेदवार

तपाईंको जित्ने आधार के–के हुन् ?

मेरो जित्ने आधार भनेको म यही टोलमा जन्मे हुर्केको मान्छे हुँ। मैले धेरै नै सामाजिक सेवा गरेको छु। मेरो वडाभित्रको विकास निर्माणका काममा मैले प्रत्यक्ष सहभागिता जनाउँदै मतदाताको मन जित्ने काम गरेको छु। धार्मिक हिसाबले म मेरो वडामा प्रायः मतदाताको पुरोहित पनि हुँ। अहिले म मत माग्न जाँदा उहाँहरुले मलाई जिताउने आश्वासन दिनुभएको छ। मेरो चुनाव चिह्न धुपौरो हो।

वडा विकास गर्ने योजना के–के छन् ?

मेरो पहिलो प्राथमिकता भनेको वडामा वैज्ञानिक किसिमले ढलको व्यवस्थापन गर्नेछुु। यहाँ बिजुलीको समस्या छ। त्यसलाई पनि व्यवस्थित गर्नेछु। हामी राजधानीबासी अहिले फोहोरबाट पीडित छौं त्यसको उचित व्यवस्थापन गर्नेछु। जनताको समस्यामा पूर्वाग्रह नराखी काम गर्नेछु।

अहिले वडाका प्रमुख समस्या के–के हुन् ?

अहिले जनता केही प्रशासनिक काम परेर वडामा गए भने प्रशासनिक समस्याको जालमा पर्ने गरेका छन्। यहाँको अर्को समस्या भनेको सुकुम्बासीको समस्या हो। उनीहरु अहिले बिनालालपूर्जा यहाँ बस्न बाध्य भएका छन्। यहाँको अर्को समस्या भनेको युवाहरु कुलतमा फस्नु हो। यो समस्या समाधान गर्ने मसँग योजना र भिजन छ।

दलहरूको दबदबा रहेको अहिलेको अवस्थामा चुनाव जित्छु जस्तो लाग्छ तपाईंलाई ?

स्थानीय चुनाव भनेको छुट्टै प्रकारको चुनाव हो। यसलाई जनताले राम्रोसँग बुझेका छन्। हो म स्वतन्त्ररूपमा उठेको छु तर दलहरुप्रति जनता विस्तारै टाढिँदै गएका छन्। उनीहरुले विगतमा गरेका प्रतिबद्धतालाई कार्यान्वयन गर्न नसक्नु नै मेरो जित्ने आधार हो।

प्रतिक्रिया दिनुहोस्