चुनावी सम्बन्ध



चुनाव नजिकिएसँगै धरहराले कतिपय ठाउँमा दलका कार्यकर्ताबीच झगडा भइरहेको समेत देखेको छ। कतै आगजनी र कतै कुटपिटको अवस्थासमेत सिर्जना गरिएका छन्। तर, चुनाव भन्दैमा त्यसो गर्नु जरुरी होइन। किनकि, चुनावको प्रतिस्पर्धा स्वच्छ हुनुपर्दछ। आपसी झगडा गर्दा आफैंलाई हानि हुन्छ। चुनाव भन्नासाथै आफ्ना साथीभाइ, आफन्त, छिमेकीहरूसँग पार्टी—पार्टीको नाममा झगडा गर्नु राम्रो होइन।

हामी सबै नेपाली दाजुभाइ, दिदीबहिनीहरू हौं। सबै स्वच्छ ढंगले प्रतिस्पर्धा गर्यो भने कति रमाइलो। चुनावलाई झगडा होइन उत्सवका रूपमा लिऔं। लक्ष्य सबै दलको देश र जनताको उन्नति नै हो। उनीहरूका जाने बाटो मात्रै फरक–फरक हुन्। कुन पार्टी वा उम्मेदवारको बाटो यहाँहरूलाई मन पर्छ निर्धक्कसँग उसलाई गोप्य मतदान गरे भइहाल्यो।

त्यसैले दिइएको तस्वीरमा जस्तै आपसमा सौहाद्र्धपूर्ण वातावरण कायम राखौं। चुनाव भन्नासाथै झगडा नै गर्नुपर्छ भन्ने छैन। हेर्नुस् त तस्वीरमा प्रेमीप्रेमिकाहरू कांग्रेस र एमालेको प्रतिनिधित्व गर्ने रहेछन्। तर, चुनावले उनीहरूको सम्बन्धमा कुनै अवरोध गरेको रहेनछ। त्यसैले चुनाव आयो भन्दैमा सम्बन्धचाहिँ नबिगारौं है पाठकवृन्द !

प्रतिक्रिया दिनुहोस्