बैंकका कर्मचारीको खुकुरी प्रहार गरी हत्या



नेपाल समाचारपत्र, भक्ततपुर ।

मध्यपुर ठिमी नगरपालिका–३ गठ्ठाघर डेरा गरी बस्ने एसविआई बैंकको शाखा कार्यालय लैनचौरमा कार्यरत झापा  घर भएका ३५ बर्षीय सौरव सुवेदीको खुकुरी प्रहारबाट मृत्यु भएको छ ।

सुबेदीलाई आइतबार विहान कोठामा बसीरहेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

पोखरा घर भई मध्यपुर ठिमी बस्ने २७ बर्षीय पारस कोईरालाले खुकुरी प्रहार गर्दा सुबेदी गम्भिर घाईते भएका थिए ।

घाइते भए लगतै उनलाई उपचारको लागि वि. एण्ड .वि अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

हत्यारा ठहर भएका पारस फरार छन् । फरार पारसको खोजतलास र आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्