“कमजोरसँग लड्न मजा आउँदैन”



२०३१ सालमा एसएलसी परीक्षा टप गरेका किशोर थापा ३२ वर्ष सरकारी सेवामा बिताएर अहिले राजनीतिमा होमिएका छन्। एसएलसीपछि उनले २ वर्ष अस्कलमा आईएस्सी पढेका थिए। त्यसपछि उनले त्रिचन्द्रमा एक वर्ष बीएस्सी पढेर उनले कोलकाता विश्वविद्यालयबाट ४ वर्षे आर्किटेक्चर कोर्स सकाएका थिए। त्यसपछि हवाइ विभागमा ७ वर्ष आर्किटेक्ट भएर काम गरे। उनको सरकारी सेवामा प्रवेश २०३९ सालमा भयो। २०४४ सालमा स्थायी भए। २०४६ सालमा सेकेन्ड क्लास अफिसरमा बढुवा भए भने २०५४ सालमा फस्र्ट क्लासमा बढुवा भएका थिए। त्यसपछि भवन विभागको महानिर्देशक र बाहिरी चक्रपथको आयोजना प्रमुखका रुपमा पनि काम गरेका उनी आफूलाई काठमाडौं शहरको राम्रो जानकार मान्छन्। काठमाडौं महानगरपालिकाका लागि साझा पार्टीबाट उमेदवार बनेका उनै थापासँग नेपाल समाचारपत्रका लागि दीपेन्द्र थापाले गरेको कुराकानीको सारसंक्षेपः
तपाईंको राजनीतिक यात्रा कसरी शुरू भयो? तपाईं साझा पार्टीसँग कसरी संलग्न हुनुभयो?
साझा पार्टीसँगको संलग्नता करिब ३ महिना जति भयो। एउटा वैकल्पिक धारको पेसा हुनुपर्छ भनेर हाम्रो पेसागत समूहमा धेरै कुराहरु भएका थिए। राजनीतिक दिशा नै परिवर्तन हुनुपर्छ भनेर विभिन्न समयमा छलफल चाहिं चल्थ्यो। त्यसको नेतृत्व कसले गर्ने भन्ने कुरा पनि हुन्थ्यो। म आफैं नेतृत्व गर्छु भनेर सोचाइ त लिएको थिएन।
पछि रविन्द्र मिश्रसहितका साथीहरुसँग कुराकानी गर्दा उहाँहरुको विचार ठ्याक्कै मेरो विचारसित मिल्न गयो। त्यसपछि, अहिले हामी पार्टी निर्माणको चरणमा छौं।

बाबुराम भट्टराईको नयाँ शक्तिमा पनि तपाईंलाई अफर आएको थियो होइन ?
बाबुराम भट्टराईको पार्टीमा पनि कुराकानी भएको हो। तर, जस्तो किसिमका मानिसहरु त्यहाँ आएका थिए उहाँहरुको विचारसित म सहमत भइनँ। व्यक्तिगत रूपमा बाबुराम भट्टराईलाई म राम्रो मान्दछु। उहाँसित काम पनि गरेको छु। तर उहाँका वरिपरि जति मान्छेहरु भए उनीहरुबाट त्यति आशा चाहिँ लागेन।
अहिले राम्रो राजनीतिक अवधारणाको पार्टी कुन हो?
राम्रो हिँडिरहेको पार्टी चाहिँ विवेकशील पार्टी हो। यस पार्टीले एउटा राजनीतिको अवधारणा चाहिँ दिएको छ जुन नेपालको परिवेशसँग मिल्दछ। विवेकशीलका साथीहरुले धेरै मिहिनेत गर्नुभएको छ। युवा पुस्तामा पनि उहाँहरुले प्रभाव पार्नुभएको छ। राजनीतिका विभिन्न आयामहरु हुन्छन् ती आयामहरुलाई हामीले सन्तुलित रूपमा अगाडि बढाउनुपर्ने हुन्छ। नेपालमा एउटा नयाँ राजनीतिक धारको उदय हुँदै छ। कुनै व्यवस्था परिवर्तन गर्न अब हिंसा र गालीगलौजको राजनीति होइन कि अब सबै नेपाली मिलेर, सबै नेपाली अटाउन सक्ने र एउटा समृद्धितर्फ उन्मुख राजनीति यो देशले खोजिरहेको छ।

हामी काठमाडौमा यो देखाउन चाहन्छौँ कि अब नेपालमा राजनीतिक धार बदलियो । बदलिएको राजनीतिक धारको नेतृत्व गर्ने अबको नयाँ पुस्ता आइसकेको छ ।

राजनीतिक सुधार कसरी सम्भव छ ?
मुख्य कुरा पद्धतिमा विश्वास गर्नुपर्छ। पद्धतिबाहिर गएर समस्याको समाधान खोज्ने होइन। सिस्टमले कुनै गलत कुरा निकालेको छ भने त्यसलाई सिस्टमले नै समाधान गर्नुपर्छ। अहिले हाम्रो संविधानअन्तर्गत संसद् बनेको छ। संसद्मा यावत कुरा छलफल हुनुपर्यो नि।

सडकमा आएर होहल्ला गरेर भएन। अँध्यारो कोठामा निर्णय गरेर संसद्मा ल्याएर छाप लाउनुभएन। हामी त्यस्तो कुरा मान्दैनौं। तत्कालीन सिस्टम सबैले मानेको जे छ त्योअन्तर्गत निकायले गर्ने समस्याको समाधानमा विश्वास गर्छौं। अब सिस्टमभन्दा बाहिर हामी कुनै हालतमा पनि जादैनौँ। कोही जान्छ भने त्यसको पनि विरोध गर्छौं।
तपाईंहरु काठमाडौंमा मात्र केन्द्रित हुनुहुन्छ होइन ?

धेरै तयारी नपुगेकाले देशको राजधानी काठमाडौंमा नै हामीले फोकस गरेका छँैं। काठमाडौंमा भएका हरेक घटनाको प्रभाव देशको सबै भागमा पुग्छ। विगतको अनुभव पनि त्यही छ। हामी काठमाडँैंमा यो देखाउन चाहन्छौं कि अब नेपालमा राजनीतिक धार बदलियो। बदलिएको राजनीतिक धारको नेतृत्व गर्ने अबको नयाँ पुस्ता आइसकेको छ।

काठमाडौं यस्तो शहर हो जहांँ आम जनताहरु धेरै प्रबुद्ध छन्। देश विदेश घुमेका छन् र पढेलेखेका छन्।, आफ्नो विभिन्न व्यवसायहरु गरीहामी काठमाडाँैमा यो देखाउन चाहन्छौँ कि अब नेपालमा राजनीतिक धार बदलियो। बदलिएको राजनीतिक धारको नेतृत्व गर्ने अबको नयाँ पुस्ता आइसकेको छ। बसेका छन्। आफ्नो देशको माया बोकी बसेका छन्।

यस्ता जनता भएका ठाउँमा हामीले केही गर्न सक्यौँ भने त्यसको प्रभाव देशभित्र र बाहिर पनि पर्छ। विभिन्न देशका प्रमुख शहरमा मेयर भएर काम गरेका धेरैजना पछि गएर राष्ट्रपति, प्रधानमन्त्री भएर काम गरेका उदाहरणहरु छन्।

उम्मेदवारको हिसाबले आफ्नो प्रतिष्पर्धी को देख्नुभएको छ?
मसँग नै टक्कर लिन सक्ने प्रतिस्पर्धी भइदिऊन्जस्तो लाग्छ। किनभने कमजोर मान्छेसित चुनाव लड्न मजा आउँदैन। व्यक्तिगत रूपमा उम्मेदवारको लायक यी हुन् भनेर म भन्न सक्दिनँ।
काठमार्डँैं समृद्ध बनाउनका लागि के–के एजेन्डाहरु रहेका छन्?
म विकास तीन चरणमा हेर्छु। अल्पकालीन, मध्यकालीन र दीर्घकालीन। मध्यकालीन भनेको ५ वर्षको अवधिमा गर्न सक्ने, अल्पकालीन भनेको करिब १ वर्षमा गर्न सक्ने। १ वर्ष भित्रमा केही न केही परिवर्तन ल्याउने। किनभने तत्काल पनि परिवर्तन चाहिएको छ जनतालाई। त्यसकारण म एउटा पेसाकर्मीको हिसाबले अरु नेताको जस्तो सपना बाँड्न पनि चाहन्न र सपनामा विश्वास पनि गर्दिन। तर मेरा केही प्रतिबद्धता, अठोट र विश्वास भने म बाँड्न चाहन्छु। आजभन्दा ४ वर्ष पहिले शहरी विकासको सचिव हुँदा यो बागमती नदीलाई सफा गरेर नुहाउन योग्य चाहिँ बनाउँछु भन्ने अठोटका साथ बागमती नदी सफाइ अभियान हामीले शुरु गर्यौं। २०७० जेठ ५ गते शहरी विकास मन्त्रालयको पहिलो वार्षिक उत्सवको अवसरमा तात्कालीन मन्त्री परिषद्का अध्यक्ष खिलराज रेग्मीबाट उट्घाटन गरायौँ। मैले हेरेको तत्काल गर्न सकिने भनेको यो अभियानलाई अरु शाखा नदीहरुमा विस्तार गरेर आगामी एक वर्षमा बागमती नदी र अरु यसका शाखा नदीहरुलाई सफा गर्र्र्ने काम गर्न सकिन्छ।

तत्कालीनमा सक्ने चाहिँ काठमाडौंको सार्वजनिक यातायातलाई सुधार गर्ने हो। म आफैं पनि यसको धेरै प्रयोग गर्छु। त्यसमा तत्कालै गर्न सकिने केही ठाउँहरु देखेको छु मैले। यो असाध्यै कष्टकर भएको छ। अहिले लाखौँ मानिसहरु सार्वजनिक यातायात प्रयोग गर्छन्। ५ वर्षमा गर्न सकिने कुरा भनेका ठूला–ठूला बसहरु चलाउने, नयाँ रुटहरु खोल्ने, यातायातको अरु विकल्प खोज्ने कामहरु पनि हामी गर्छौँ।
नदीनालाको सुधार, सार्वजनिक यातायताको सुधार र अर्को कुरा के छ भने अहिले जति पनि पुनर्निर्माण गर्नुपर्ने सांस्कृतिक सम्पदाहरु छन् हामीले सकेसम्म छिटो पुनर्निर्माण गर्नुपर्छ।त्यसमा स्थानीय समुदायको पनि संलग्नता हुनुपर्छ। सरकारले मात्र गरेर हुँदैन। विश्व सम्पदामा रहेका सम्पदामा सरकारले नेतृत्व लिने र स्थानीय सम्पदामा स्थानीय समुदायले नेतृत्व लिने। सम्पदालाई हामीले छिटो पुनर्निर्माण गर्न सकेनँंै भने यसले पर्यटन व्यवसायलाई धक्का दिन्छ।
अर्को काम के भने असन, इन्द्रचोक, हनुमानढोकाजस्ता जुन पुराना ठाउँ छन् ती पुराना बस्ती विस्तारै बिग्रिँदै छन्। त्यसको मौलिकतालाई हामीले संरक्षण गर्नुपर्छ। किनकि त्यसको एउटा पर्यटकीय महत्व पनि छ र हाम्रो हजारौं वर्ष पुरानो सभ्यता र संस्कृतिको परिचायक पनि हो। नेपालको गौरव पनि हो।

 

प्रतिक्रिया दिनुहोस्