पण्डितले संगीतमा ल्याए साथी

0
Shares

पत्रकार सुमन पण्डितको एकल रचना एवं संगीतकार सन्तोष श्रेष्ठको एकल संगीत रहेको गीति अडियो एल्बम साथी बुधबार राजधानीमा आयोजित एक समारोहबीच सार्वजनिक गरिएको छ। गीतकार श्रीपुरुष ढकालको प्रमुख आतिथ्यता एवं गीतकार संघ नेपालका अध्यक्ष चूडामणि देवकोटा, गायिका एवं नेतृ कोमल वली, ललितकला प्राज्ञ प्रतिष्ठानका प्राज्ञ ज्योतिप्रकाश विश्वकर्मा एवं संगीत कला पत्रकार संघकी उपाध्यक्ष विनीता मरहठ्ठाको विशेष आतिथ्यतामा एल्बम सार्वजनिक गरिएको हो।

म्युजिक खबर डटकमको आयोजनामा सम्पन्न कार्यक्रम संगीतकार सन्तोष श्रेष्ठ र अर्का गीतकार तथा पत्रकार शान्तिप्रियले विमोचित एल्बम तथा गीतकार पण्डितसँगको सहकार्यका बारेमा चर्चा गरेका थिए।

कार्यक्रममा त्यसै गरी प्राज्ञ ज्योतिप्रकाश विश्वकर्मा, गायिका कोमल वली, गीतकार संघका अध्यक्ष चूडामणि देवकोटा, प्रमुख अतिथि श्रीपुरुष ढकाललगायतले विमोचित एल्बम र त्यसका गीत–संगीतबारे चर्चा गरेका थिए। गीतकार सुमन पण्डितले गीत सिर्जना र एल्बमको शुरुआतदेखिको अवस्था औंल्याउँदै अरूले दिएको धोकाबाट एल्बम सिर्जना हुन पुगेको खुलाएका थिए।
साथीमा नेपाल भएर नै, नजलाइदेउ मुटु, तिमीले सधैं पीडा दियौ, भन्दै होलान् जस्ता आधा दर्जन गीत समावेश छन्। यी गीत युवराज चौलागार्इं, प्रमोद खरेल, काव्य आचार्य, दुर्गा खरेल, शिशिर योगी र कन्हैया सिंहले गाएका छन्।