ललितपुरको रौनक



नेपाल समाचारपत्र
ललितपुर
ललितपुर महानगरपालिकाको प्रमुखमा ११ र र उपप्रमुखमा १२ जनाको उम्मेदवारी दर्ता भएको छ।

नेपाली कांग्रेसका तर्फबाट मयेरमा चिरीबाबु महर्जन र उपमेयरमा गीता सत्यालको उम्मेदवारी दर्ता भएको छ। नेकपा (एमाले) ले सो पार्टीका जिल्ला अध्यक्ष हरिकृष्ण व्यञ्जनकार र उपमयेरमा सुकमाया तामाङको उम्मेदवारी दर्ता गराएको छ।

माओवादी केन्द्रबाट दिनेश महर्जन दिपेश र उपमयेरमा हसिना शाक्यले उम्मेदवारी दर्ता गराएका छन्। त्यसै गरी राप्रपाका राजुकाजी प्रधानले मेयरमा र उपप्रमुखमा बाबुकाजी प्रधानले उम्मेदवारी दिनुभएको छ ।एमालले मयेर र राप्रपाले उपप्रमुखमा तालमेल गरेको छ। एमाले र राप्रपा बीच चुनावी तालमेल भएपछि एमालेले उपमेयर र राप्रपाले मेयरका लागि दर्ता गराएको उम्मेदवारको नाम फिर्ता हुने बताइएको छ।

नयाँ शक्ति पार्टीबाट मयेरमा मदन महर्जनले उम्मेदवारी दिएका छन् भने उपमेयरको उम्मेदवारी सजनी महर्जन उम्मेदवार बनेकी छिन्। संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच चुनावी तालमेलअनुरुप सो उम्मेदवारी दिइएको हो।

मालेका तर्फबाट मेयरमा मोहनराज शाक्य र उपमेयरमा लक्ष्मी कुमारी श्रेष्ठको उम्मेदवारी दर्ता भएको छ। राष्ट्रिय जनमुक्तिको तर्फबाट रोशन महर्जनले मेयर पदमा उम्मेदवारी दर्ता गराएकी छिन्। स्वतन्त्रको तर्फबाट रमेश महर्जनले मेयरमा र शोभा शाक्यले उपमेयरमा उम्मेदवारी दर्ता गराएका हुन्।

मतदाता सूची नभेटिएपछि

नेकपा माओवादी केन्द्रले ललितपुर महानगरपालिकाको उपमेयर पदका लागि अघि सारेका उमेदवारको नाउँ मतदाता सूचीमा नभेटिएपछि अन्तिम समयमा परिर्वतन गर्यो।

माओवादीले उपमेयरमा अघि सारेका मञ्जरी (आस्था) शाक्यको नाम मतदाता नामावलीको सूचीमा नभेटिएपछि हसिना शाक्यलाई उपमेयरको उमेदवार बनाएको हो। उपमेयरको उम्मेदवारी दिन फूलमाला र अबिर लगाएर मञ्जरी शाक्य स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेकी थिइन्। मनोनयन दर्ता गराउने क्रममा मात्र मञ्जरीले आफ्नो मतदाता सूचीमा नभएको थाहा पाएकी थिइन्। त्यसपछि तत्काल सोही पार्टीबाट वडा नं १६ लागि महिला सदस्यमा उम्मेदवारी दिन पुगेकी हसिनालाई उपप्रमुखमा उम्मेदवारीमा मनोनयन दर्ता गराइएको थियो।

प्रतिक्रिया दिनुहोस्