एमालेका जिल्ला नेता स्वतन्त्र उम्मेदवार



नेपाल समाचारपत्र, रसुवा । रसुवामा नेकपा एमालेका जिल्ला उपाध्यक्ष विष्णु प्रसाद देवकोटाले स्वतन्त्रबाट गाँउपालिकाको प्रमुखमा उम्मेदवारी दिनुभएको छ ।

पार्टीले उम्मेदवार छनोट मनपरी ढंगले गरेको भन्दै देवकोटाले कालिका गाँउपालिका प्रमुखमा स्वतन्त्रबाट उम्मेदवारी दर्ता गर्नुभएको हो ।

बैसाख ३१ गते हुने पहिलो चरणको चुनावका लागि विभिन्न पार्टीबाट असन्तुष्ट भएकाहरुले स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् ।

नौकुण्ड गाँउपालिकामा नेपाली कांग्रेसका लक्षिन नुर्पु तामाङले गाँउपालिकाको प्रमुखमा उम्मेदवारी दर्ता गर्नु भएको छ । तामाङ कै छोरा सुरेस तामाङले वडा नम्वर १ मा वडा अध्यक्षका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ ।

वडा नम्वर ६ का लागि राम वहादुर तितुङले उम्मेदवारी दर्ता गराउनु भएको छ । मनोनयन दर्ताको काम भैरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्