दुई पार्टीबीच एकता



काठमाडौं, (नेस)
स्थानीय निकायको मिति नजिकिदै जाँदा राष्ट्रिय जनमोर्चा र नयाँ नेपाल राष्ट्रिय पार्टी बीच एकता भएको छ। अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर दुई पार्टीले एकताको घोषणा गरेका हुन्।

सो अवसरमा बोल्दै जनमोर्चाकी नेता एवम सांसद दुर्गा पौडेलले सरकारले ल्याएको परिमार्जन सहितको संशोधन प्रस्ताव रा

ष्ट्रिय हितको विपरितमा रहेको आरोप लगाइन्। उनले भनिन्–‘देश निक्कै अप्ठ्यारो स्थितिमा छ, तर सरकार प्रधानन्यायाधीशलाई महाअभियोग लगाउन व्यस्त छ, निर्वाचनको समयमा यस्ता अनेकन नचाहिने नाटक देखाएर दुनियाँ हसाई रहेको छ।’ सरकारको पछिल्लो गतिविधी आफ्नो पार्टीलाई मान्य नभएको पौडेले बताइन्।

सोही कार्यक्रममा बोल्दै नयाँ नेपाल पार्टीका कार्यबहाक अध्यक्ष पृथ्वी थापाले जनमोर्चाले तयार पारेको घोषणा पत्र, विधान र नेतृत्वलाई स्विकार गर्दै आफ्नो पार्टी एकतामा आएको बताए। उनले भने–‘हाम्रो पार्टी र राष्ट्रिय जनता पार्टी यो देशमा नभएको भए संघियताका नाममा देश विभाजनतर्फ उन्मुख हुने थियो तर हामीले त्यो हुन दिएनौ।’

जनमोर्चाका नेता आनन्द शर्माले देश जर्जर अवस्थामा गुर्जिरहेको बताउँदै सबैलाई गम्भिर हुनु आग्रह गरे। नेता शर्माले राष्ट्रियता, जनतन्त्र, जनजिविका, विद्यमान राजनीति, सामाजिक स्थितिलाई ध्यानमा राखेर आगामी निर्वाचनमा राष् िट्रय जनमोर्चालाई जनताले शक्तिशालि पार्टी बनाउने
समेत बताए।

प्रतिक्रिया दिनुहोस्