मतदान अधिकृतलाई प्रशिक्षण



मुगु, नेस
निर्बाचनका लागी खटिएका मतदान अधिकृत, सहायक मतदान अधिकृत र सहायक कर्मचारीहरूले निर्वाचन स्थलमा गर्नु पर्ने काम, कर्तव्य, अधिकार लगायतका बिषयमा प्रशिक्षण दिइएको छ। आईतवार सम्पन्न प्रशिक्षणमा ८३ जना सहभागी थिए भने बाँकि ४३ जनाका लागि यही २२ र २३ गते प्रशिक्षण कार्यक्रम हुँदैछ।

कूल २७ हजार ४ सय २९ जना मतदाता संख्या रहेको मुगुमा शनिबारबाट सूरु भएको तालिममा सोरु गाँउपालिका, छायाँनाथ रारा नगरपालिका, खत्याड गाँउपालिका र मुगु कार्मारोगं गाउपालिकाका मतदान अधिकृत र सहायक मतदान अधिकृत सहभागी छन्।

प्रत्येक मतदान केन्द्रमा मतदान अधिकृत एक, सहायक मतदान अधिकृत एक र ३ जना सहायक कर्मचारी सहित ५ जनाको टोली खटिने बताइएको छ।

अधिकृतहरूलाई प्रशिक्षण दिन थालेपछि निर्वाचन आयोगको तयारी पनि तिव्र हुँदै गएको छ। १ नगरपालिका र ३गाउपालिका रहेको मुगु जिल्लामा कुल ६० वटा मतदान केन्द्र रहेका छन। ६० केन्द्रमा ३ सय जना निजामति कर्मचारि र शिक्षक परिचालन गर्न लागिएको निर्वाचन कार्यालय मुगुका निर्वाचन अधिकृत राजिमान बुढाले बताए।

आयोगले निर्वाचनलाई निष्पक्ष र धाँदलि रहित बनाउन निर्वाचनमा खटिने कर्मचारीलाई निर्देशन दिएको छ। सबै मतदान केन्द्रमा कर्मचारिहरू बैशाख २७ गते सम्म पुगी सक्नु पर्ने र २९ र ३० गते मतदाताको परिचय पत्र बितरण गर्नु पर्ने बताइएको छ। अति सम्बेदनशिल मानिएका मतदान केन्द्रको सुरक्षाका लागि नेपाली खटाउने तयारी भइरहेको छ। यस अघि लेखा तथा जिन्सि ब्यबस्थापन तालिम र मतदाता शिक्षा कार्यक्रम लगायतका तालिम सम्पन्न गरी सकेको निर्वाचन कार्यालय मुगुले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्