नेपाल भाषाका तीन कथा कृति लोकार्पित



काठमाडौं, (नेस)
नेपाल भाषाको साहित्यिक क्षेत्रमा सक्रिय रहेको समूह बाखं दबुको आयोजनामा सोमबार एक कार्यक्रमका बीच तीन साहित्यिक कृतिहरू लोकार्पण गरिएको छ।
वरिष्ठ साहित्यकारहरू राजा शाक्य, तिलकप्रकाश कायस्थ र मथुरा साय्मी विशिष्ट अतिथिका रूपमा रहेको कार्यक्रममा विभिन्न कथाकारहरूको ३८ वटा कथा संग्रह गरिएको पत्रिका ‘बाखं दबुको एघारौं अंकका साथै कथाकार डा. रीना तुलाधरको कथा संग्रह ‘बाःगुभु (फाटो) पनि लोकार्पण गरिएको थियो। सोही कार्यक्रममा साहित्यकार दिव्या ताम्रकारले संकलन गरेको ‘नेपाल भाषाका कथाकारहरूको नामावली’ पुस्तक पनि लोकार्पण गरिएको थियो।

साहित्यकार एवं सञ्चारकर्मी मीना वज्राचार्यले सञ्चालन गरेको सो कार्यक्रममा विशिष्ट अतिथिहरू राजा शाक्य, मथुरा साय्मी र तिलकप्रकाश कायस्थलगायत कृतिकारहरू डा. रीना तुलाधर र दिव्या ताम्राकारले पनि आ–आफ्नो मन्तव्य राख्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्