फर्किए निर्वाचन अधिकृत



अनिल खत्री⁄गुल्मी

सरकारले २ चरणमा निर्वाचन गराउने भएसँगै जिल्लामा स्थानीय तहको निर्वाचन सम्पन्न गर्न गुल्मीका गाउँगाउँमा पुगेका निर्वाचन अधिकृतहरू फर्किएका छन्। जिल्लाका २ नगरपालिका र १० गाउँपालिकामा स्थानीय तहको निर्वाचन सम्पन्न गराउन गाउँगाउँमा आएका निर्वाचन अधिकृत फर्किएका छन्।

गाउँमा पुगेको केही दिनमै आयोगले फिर्ता बोलाएपछि फर्किएका हुन्। निर्वाचन सरेसँगै निर्वाचन आयोगले जिल्लामा खटिएका सवै निर्वाचन अधिकृतहरूलाई स्थापना भएका कार्यलय र आफूले गरेका कामहरू सबै बन्द गरेर फिर्ता बोलाएपछि खटिएका निर्वाचन अधिकृतहरू फर्किए हुन्। निर्वाचन कार्यालयले जिल्लामा खटाएका प्रमुख निर्वाचन अधिकृत माननीय जिल्ला न्यायाधीशसहित सबै निर्वाचन अधिकृतहरूले आफ्नो कार्यक्षेत्रमा काम शुरू गरिसकेका थिए।

सरकारले स्थानीय तहको चुनाव दुई चरणमा सम्पन्न गर्ने निर्णय गरेपछि निर्वाचन आयोगको निर्देशनमा जिल्लामा खोलिएका सबै निर्वाचन अधिकृतका कार्यालयहरू केही समयका लागि बन्द भएका छन्। गुल्मीमा मुख्य निर्वाचन अधिकृतबाहेक अन्य अधिकृतहरू फिर्ता भएका छन्। गाउँपालिकामा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालय बन्द भएका छन् भने मुख्य निर्वाचन अधिकृतको कार्यालय भने बन्द गरिएको छैन।

जिल्ला निर्वाचन कार्यालयले हाललाई निर्वाचनका गतिबिधिहरू बन्द गरेको छ। मन्त्रायले सरेको मितिअनुसार गतिबिधि बन्द गर्न भने लगत्तै जिल्लामा खटिएका मतादाता शिक्षालगायतका सबै कामहरू बन्द गरिएको जिल्ला निर्वाचन कार्यालय गुल्मीका सुचान अधिकृत लक्ष्मण पाण्डेयले जानकारी दिए।

जिल्लामा मतदाता शिक्षा कार्यक्रम वैशाख १ गतेदेखि सञ्चालन भएको थियो। निर्वाचन शिक्षा कार्यकर्ता र मतदाता शिक्षा स्वयम् सेवकले मतदाताको घरघरमा पुगी निर्वाचनको महत्त्वपूर्ण मतपत्रमा मतदान गर्ने तरिका तथा निर्वाचनसम्बन्धी विभिन्न गतिविधिहरू सञ्चालन गरी मतदातालाई स्पष्ट पार्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्