जथाभावी बाटो काटे जरिवाना



नेपाल समाचारपत्र, काठमाडौँ । जथाभावी बाटो काटेमा अब २ सय जरिवाना गरीने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडक दुर्घटनालाई न्यूनीकरण गर्न जथाभावी बाटो काट्ने वा फुटपाथमा नहिँडेर सडकमा हिँड्नेलाई जरिवना गर्नेभएको हो ।

महाशाखाले आज यहाँ आयोजना गरेको ‘बढ्दो सवारी साधन र दुर्घटना न्यूनीकरणको अभियान’ कार्यक्रममा उपत्यकामा हुने दुर्घटनामध्ये ४० प्रतिशत पैदल यात्रु मरेको जनाएको छ । यसको न्यूनीकरणका लागि आगामी जेठ १ गतेदेखि जरिवना गर्न लागेको ट्राफिक प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरीद्धारा सडक सुरक्षासम्बन्धी उपत्यकाका २६ वटा सामुदायिक केन्द्रमार्फत आजैदेखि जनचेतना कार्यक्रम सञ्चालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्