एमालेले सिफारिस गर्यो काठमाडौंका उम्मेदवार



नेकपा एमाले जिल्ला कमिटी काठमाडौंले महानगरपालिको मेयर तथा उपमेयर छनोट गर्न सिफारिस गरेको छ। बैठकले काठमाडौं महानगरपालिको मेयरको लागि जीवनराम श्रेष्ठ, वसन्त मानन्धर, कल्पना रिजाल, विद्यासुन्दर शाक्य, विदुर मैनाली सिफारिस गरेको छ।

त्यसै गरी उपमेयरमा शान्ति अधिकारी, रत्न गुरुङ, इन्दिरा पन्त, विद्या न्यौपाने र श्यामकृष्ण भण्डारी सिफारिस भएका छन्। बैठकले दश नगरपालिका मेयर उपमेयर पनि सहमति जुट्न नसकेपछि प्रदेश समितिलाई सिफारिस गरेर पठाएको हो। बैठकले दुई नगरपालिकामा भने सर्वसम्मत भएको नाम पठाएको छ भने बाँकी सहमति जुटन नसकेको नगरपालिमा भने मेयर उपमेयरको नाम सिफारिस गरेर पठाएको हो। काठमाडौंको चन्द्रागिरी नगरपालिकामा मेयरमा प्रह्लाद कार्की र उपमेयरमा निशा नहकर्मी, कीर्तिपुर नगरपालिकाको मेयरमा रमेश महर्जन घोषित भएको बताइएको छ।

बैठक मेयर र उपमेयरका नाम प्रदेश समितिलाई सिफारिस गरे पनि लामो समयदेखि विवाद रहेको काठमाडौं जिल्ला समितिले गरेको सिफारिस सन्तुलित नभएको भन्दै नेता माधव नेपाल पक्षले असन्तुष्टि जनाएको छ।

नागार्जुन नगरपालिकाको मेयरमा प्रकाश श्रेष्ठ, कृष्णहरि खत्री, देवकी भट्टराई र उपमेयरमा सुशील अधिकारी, सानुमैयाँ खडका, उमेश कार्की सिफारिस भएका छन्। त्यसै गरी कागेश्वरी मनहरा नगरपालिकाबाट मेयरमा रामचरण ढुंगाना, मणिराम फुयाल, उपमेयरमा शान्ता थापा, विन्दु सिम्खडा, र होमनाथ आचार्य सिफारिस भएका छन्। शंखरापुर नगरपालिकामा सुर्वण श्रेष्ठ, शम्भु दुलाल र उममेयरमा मुना अधिकारी रहेकी छिन्।

गोकर्णेश्वर नगरपालिकाको मेयरमा पुण्य चौलागार्इं, गोपाल बराल सिफारिस भएका छन् भने उपमेयरमा शान्ति श्रेष्ठ, कल्पना राजचला र तारा पुडासैनी सिफारिस भएका छन्।

एमालेले बूढानीकण्ठ नगरपालिकाको मेयरमा उद्धव खरेल, मिठराम अधिकारी र उपमेयरमा रमा राई र देवी रेग्मीलाई सिफारिस गरेको छ। टोखा नगरपालिकोको मेयरमा प्रकाश अधिकारी, नारायणभाइ श्रेष्ठ र उपमेयरमा
ज्ञानमाया डंगोल, जमुना गिरी र कविता घिमिरे सिफारिस भएका छन्। त्यसै गरी दक्षिणकाली नगरपालिकाको मेयरमा श्रीराम आचार्य, गन्जमान बस्नेत र उपमेयरमा इन्दिरा पौडेल, कविता घिमिरे र मीना आचार्य महर्जन सिफारिस भएका छन्। काठमाडौंको तारकेश्वर नगरपालिकाको मेयरमा श्याम घिमिरे, रामेश्वर बोहरा र उपमेयरमा भवानी धानुक डोटेल, बत्तीस महर्जन र सावित्री शर्माको नाम सिफरिस गरेको छ।

प्रतिक्रिया दिनुहोस्