स्थानीय तहको संख्या वृद्धि गर्ने निर्णय फिर्तापछि संसद बैठक सुरू



नेपाल समाचारपत्र, काठमाडौं । सरकारले स्थानीय तहको संख्या वृद्धि गर्ने निर्णय फिर्ता लिएपछि संसद बैठक शुरु भएको छ ।

सत्तापक्ष र प्रमुख विपक्षी दल एमालेबीच नयाँ बानेश्वरमा भएको छलफलपछि स्थानीय तहको संख्या वृद्धि गर्ने निर्णय फिर्ता भएको एमाले प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिए ।

सत्तापक्ष र प्रमुख विपक्षी दलबीच नयाँ बानेश्वरमा बुधबार भएको छलफलपछि स्थानीय तहको संख्या वृद्धि गर्ने निर्णय तत्काललाई फिर्ता लिने निर्णय भएको बुझिएको छ ।

अब दलहरुबीच समस्या समाधानका लागि पुनः सहमति गर्ने निर्णयसमेत भएको छ ।

निर्वाचन घोषणा भइसकेपछि स्थानीय तहको संख्या बढाउन जिल्लामा पत्राचार गरेको भन्दै एमालेले संसद बैठक अवरूद्ध पारेको थियो ।

प्रतिक्रिया दिनुहोस्