सिके राउत प्रहरी नियन्त्रणमा



सञ्जय कार्की, रौतहट ।

स्वतन्त्र मधेस गठबन्धनका संयोजक सिके राउत लाई बुधबार रौतहट प्रहरीले हिरासतमा लिएको छ ।

जिल्ला अदालत रुपन्देहीले उनलाई साधारण तारेखमा रिहाई गरेपछि प्रहरीले रौतहट ल्याइएको हो । उनको मुद्दा जिल्ला अदालत गौरमा समेत चलिरहेको छ ।

जिल्ला अदालत रौतहटमा राउत विरुद्ध राज्य बिरुद्धको संगठित अपराधको मुद्दा विचाराधिन रहेकाले रौतहट प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

पहिलेदेखि नै जिल्ला अदालत गौरमा मुद्दा दायर भएकोले रुपन्देही बाट अड्डासार गरेर रौतहट ल्याइएकोे जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी नविन कृष्ण भण्डारीले बताउनु भयो ।

राउत लाई बुधबारनै जिल्ला अदालत गौरमा पेश गरिएको भएपनि समयअभाबका कारण उनको बयान हुन सकेन । यस अघि सोही मुद्दामा पक्राउ परेका रामकेश गुप्तालाई २५ हजार र अन्य पाँच जनालाई १०÷१० हजार धरौटीमा जिल्ला अदालत गौरले तारिखमा राखेको थियो ।

प्रतिक्रिया दिनुहोस्