स्थाएमालेले टुंगो लगायो १ सय २ उम्मेदवार



रोशन पराजुली, हेटौंडा

स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेले मकवानपुरका सबै गाउँपालिका तथा नगरपालिकाका लागि आफ्नो पार्टीको तर्फबाट वडा अध्यक्ष तथा सदस्य उम्मेदवारको टुंगो लगाएको छ।

एमालले जिल्लाको ८ वटा गाउँपालिका, एक नगरपालिका तथा एक उप–महानगरपालिका लागि १ सय २ वटा वडाका उम्मेदवार टुंगो लगाएको हो। हेटौंडा उप–महानगरपालिकाको वडा अध्यक्षका उम्मेदवारमा १ बाट उत्तम न्यौपाने, २ मा हरि राउत, ३ मा रामकुमार पुडासैनी, ४ मा नवीन सिग्देल, ५ मा ईश्वर ढुंगाना, ६ मा गणेशबहादुर दुलाल, ७ मा राजन थापा, ८ मा गोपालबहादुर श्रेष्ठ, ९ मा लक्ष्मण भण्डारी र १० मा किताबसिंह लामा छन्।

त्यस्तै वडा नं. ११ मा गोकर्ण पराजुली, १२ मा रामचन्द्र स्याङ्बो, १३ मा मनोज वाइबा, १४ मा सानु थिङ लामा, १५ मा सुनील मोक्तान १६ मा गोविन्द दाहाल, १७ मा भैरव राई, १८ मा अनिलकुमार बानियाँ र १९ मा नरनाथ सुवेदी नवराजको नाम टुंगो लागेको छ।

बागमती गाउँपालिकाका उम्मेदवारमा १ बाट भीमकुमार राई, २ मा हर्कबहादुर गोले, ३ मा बाबुलाल गोले, ४ मा टेकबहादुर पाख्रिन, ५ मा डेन्टीजंग लामा, ६ मा धनबहादुर घलान लामा, ७ मा ललित राई, ८ मा धनबहादुर योञ्जन र ९ मा मदन दुरुबच्याब छन्।

बकैया गाउँपालिकाका उम्मेदवारमा १ बाट प्रदीप स्याङ्तान, २ बाट नारायण तिमल्सिना, ३ बाट प्रेमबहादुर डिमडुङ, ४ मा राजन दंगाल, ५ मा वीरबहादुर भोलन, ६ मा फूलबहादुर भोम्जन, ७ मा रामकाजी लामिछाने, ८ मा इन्द्रबहादुर स्याङ्तान, ९ मा टंकबहादुर थिङ, १० मा नजरमान भोम्जन, ११ मा शिवराम ढकाल र १२ मा रामबहादुर मोक्तान छन्।

गढी गाउँपालिकामा १ बाट फूलमान गोले, २ मा माया बल, ३ मा भागवत घिमिरे, ४ मा रामप्रसाद तिमल्सिना, ५ मा जितबहादुर घिमिरे, ६ मा टीकाप्रसाद दाहाल, ७ मा वीरबहादुर रुम्बा, ८ मा एक्काबहादुर थिङ छन्। भीमफेदी गाउँपालिकामा १ बाट पञ्चमाया स्याङ्तान, २ मा काशीराम बज्यु, ३ मा भरतसिंह पाख्रिन, ४ मा क्षेत्रबहादुर पाण्डे, ५ मा जहारसिंह लामा, ६ मा सीताराम थापा, ७ मा सीता घलान, ८ मा जगत्मान घिसिङ, ९ मा प्रकाश पुडासैनी छन्।

इन्द्रसरोवर गाउँपालिकाको १ मा झमकलाल बलामी, २ मा राजुमान महर्जन, ३ मा चिरञ्जीवी पौडेल, ४ मा धनवीर स्याङ्तान, ५ मा धनराज महर्जन, सिफारिस हुँदा मनहरी गाउँपालिकाको १ मा कृष्णबहादुर मोक्तानको नाम टुंगो लागेको सो पार्टीले जनाएको छ। सो गाउँपालिकको वडा नं. २ मा चन्द्रबहादुर मोक्तान, ३ मा मानबहादुर स्याङ्तान, ४ मा सानुकान्छा तितुङ, ५ मा सुभराज थिङ, ६ मा गोपीराम मुक्तान, ७ मा रघुनाथ लामा रुम्बा, ८ मा दिलबहादुर स्याङ्तान, ९ मा हेमलाल उप्रेती छन्।

कैलाश गाउँपालिकाका उम्मेदवारमा १ बाट पेमा योञ्जन, २ बाट रामबहादुर स्याङ्तान, ३ मा वीरबहादुर प्रजा, ४ मा जविन्द्र थोकर, ५ मा छेगु लामा, ६ मा जितबहादुर थोकर, ७ मा विनोद चेपाङ, ८ मा सूर्यबहादुर थिङ, ९ मा सुमन लटौला र १० मा चम्पलाल रुम्बा छन्। राक्सिराङ गाउँपालिकामा १ मा सिंहराम रुम्बा, २ मा सीताराम चेपाङ, ३ मा बाबुलाल स्याङ्तान, ४ मा सञ्जय कोइराला, ५ मा विश्वमान चेपाङ, ६ मा सिंहलाल चेपाङ, ७ मा पूर्ण चेपाङ, ८ मा प्रताप मुक्तान, ९ मा शिवकुमार मल्ल छन्।

थाहा नगरपालिकाका उम्मेदवारमा १ बाट धर्मलाल प्रधान, २ बाट गुप्तबहादुर कार्की, ३ बाट कुमार नेगी, ४ मा अच्युत केसी, ५ मा विष्णुबहादुर गुरुङ, ६ मा शशिधर सुवेदी, ७ मा काजीमान तितुङ, ८ मा डम्बरसिंह लामा, ९ मा लक्ष्मण रेग्मी, १० मा हीराबहादुर गमाल, ११ मा किरणमान बल र १२ मा मानबहादुर स्याङ्तान छन्।

प्रतिक्रिया दिनुहोस्