पूर्व लडाकु चुनावी मैदानमा



नेपाल समाचारपत्र, सिन्धुली ।
आमुल परिवर्तन र जनवादी सत्ताको निम्ती हतियार बोकेर युद्ध लड्ने पूर्व लडाकु अहिले स्थानीय तहको चुनावी मैदानमा छन् ।
नेकपा माओवादी केन्द्रबाट जिल्लाको विभिन्न स्थानमा पूर्व लडाकुहरु विभिन्न पदको लागि चुनावी मैदानमा उत्रेका हुन् ।

अधिकाँश जनयुद्धमा संगठन विभागमा काम गरेका योग्दाहरु उमेद्वार चुनावी मैदानमा छन् भने जनमुक्ति सेनामा रहेर काम गरेका पनि चनावी मैदानमा रहेका छन् । चुनावी मैदानमा उत्रनेमा पूर्व लडाकु व्रिगेड कमाण्डर खड्ग रजन मगर (धिरज) फिक्कल गाउपालिकाको प्रमुख पदको लागि चुनावी मैदानमा छन् ।

त्यस्तै पूर्व लडाकु वटालियन सह कमाण्डर सुस्पा भुजेल (आस्था) गोलञ्जोर गाउपालिकाको उपप्रमुखको लागि चुनावी मैदानमा छन् । सुस्पा सहिद परिवार पनि हुन् । उनले जनयुद्धमा नै श्रीमान गुमाएका छन् । पूर्व लडाकु विमर्श मोक्तान (प्रख्यात) मरिण गाउपालिका वडा नं. ६ को वडा अध्यक्षको उमदेवार हुन् ।

प्लाटुन कमाण्डार चन्द्रमाया खत्री सार्की कमलामाई नगरपालिका वडा नं. ४ को दलित महिला सदस्यको उमेद्वार छन् भने कम्पनी सह कमाण्डर सुनमाया पाख्रिन (स्मृती) कमलामाई नगरपालिका वडा नं. ५ को महिला सदस्यका उमेद्वार हुन् ।
पूर्व लडाकु कमला वि.क. दुधौली नगरपालिका वडा नं. ११ को दलित महिला सदस्यका उमेद्वार हुन् । सिन्धुलीमा करिब १ दर्जन उमेद्वारहरु पूर्व लडाकु छन् ।

प्रतिक्रिया दिनुहोस्