बालबालिका प्रयोग नगर्ने दलको प्रतिवद्धता



नेपाल समाचारपत्र, लमजुङ । लमजुङमा स्थानीय तहको चुनावको प्रचारप्रसारमा बालबालिकालाई प्रयोग नगर्ने जिल्लामा क्रियाशील राजनैतिक दलहरूले प्रतिबद्धता गरेका छन् ।

जिल्ला बालकल्याण समितिले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा दलहरूले चुनावी प्रचार तथा अन्य कार्यक्रममा बालबालिकाको प्रयोग नगर्ने प्रतिवद्धता जनाएका हुन् ।
प्रतिवद्धता व्यक्त गर्नेहरूमा नेपाली कांग्रेसका जिल्ला सचिव हरिप्रसाद बराल, नेकपा एमालेका जिल्ला अध्यक्ष धनञ्ज्य दवाडी, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष हरिजंग तामाङ, राप्रपाका जिल्ला कोषाध्यक्ष खड्कबहादुर गुरुङ, संघीय समाजवादी फोरमका जिल्ला सचिव बलबहादुर राना, नयाँ शक्ति नेपालका जिल्ला संयोजक राजु थापा, जनसमाजवादी पार्टी नेपालका जिल्ला अध्यक्ष सूर्यबहादुर बुढा रहेका छन ।

प्रतिक्रिया दिनुहोस्