एमाले प्रचार सदस्यद्वारा पार्टी परित्याग



हेटौंडा,(नेस) ।
नेकपा एमालेका जिल्ला प्रचार विभाग सदस्य सुरेन्द्र थिकेले पार्टी परित्यागको घोषणा गरेका छन् । उनले जिल्ला अध्यक्षलाई आइतबार पत्र लेखी पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको जनाएका हुन् ।

पार्टीमा गुटबन्दी र व्यक्तिवादी प्रवृत्ति हावी हँदा कर्तव्यनिष्ट, स्वच्छ र अनुभवी कार्यकर्ताको स्थान सकिएको पत्रमा लेखिएको छ ।

२०५३ सालमा एमालेका संगठित सदस्य भएर २ नम्बर क्षेत्रीय उपाध्यक्ष र सचिवको जिम्मेवारी सम्हालिसकेका थिकेले हाल एमाले आफूले खोजेको र रोजेजस्तो पार्टी नरहेकाले पार्टी त्यागी स्वतन्त्र बस्ने अठोट गरेको पत्रमा उल्लेख गरेका छन् ।

भीमफेदीका बासिन्दा थिके त्यस क्षेत्रमा सक्रिय सामाजिक व्यक्तित्व हुन् । चुनावको मुखमा उनको पार्टी परित्यागले एमालेलाई असर गर्ने स्थानीय बताउ“छन् ।

प्रतिक्रिया दिनुहोस्