एमालेले सिफारिस गर्यो श्रीमान्–श्रीमती



विष्णुप्रसाद भण्डारी⁄अछाम

नेकपा एमालेले अछामका १० वटै नगर तथा गाउँपालिकमा आसन्न निर्वाचनका लागि प्रमुख तथा उपप्रमुख पदका उम्मेदवार छनौटका लागि उम्मेदवारहरुको नाम प्रदेश कमिटीमा सिफारिस गरेको छ। एमाले अछामको वैशाख ८ गते मंगलसेनमा सम्पन्न बैठकले विभिन्न गाउँ तथा नगरबाट जिल्ला कमटीमा सिफारिस भएर आएका उम्मेदवारहरुको नाम प्रदेश कमिटीमा सिरफारिस गरेर पठाएको हो। जसमा कमलबजार नगरपालिकाको मेयेरका लागि दीपक अधिकारी, बलबहादुर कुँवर र शारदा कुँवरको नाम सिफारिस गरिएको छ। बलबहादुर कुँवर र शारदा कुँवर श्रीमान्–श्रीमती हुन्।

प्रदेशमा सिफारिस गरिएका नामहरुमा सदरमुकाम रहेको मंगलसेन नगरपालिकाको मेयर पदका लागि पदमबहादुर बोहरा तथा उपमेयरमा सरिता उपाध्याय, सरला रावल र भावना विक, साँफेबगर नगरपालिकाको मेयरमा गोविन्दबहादुर कुँवर, शिवबहादुर कुँवर र पशुपति कुँवर, उपमेयरमा अमृता खड्का, विमला बुढा र दूधकला विष्ट, कमलबजार नगरपालिबाट मेयरमा दीपक अधिकारी, बलबहादुर कुँवर, शारदा कुँवर र उपमेयरमा मना अधिकारी, पञ्चदेवल विनायक नगरपालिकाको मेयरका लागि नन्दबहादुर कडायत, योगेन्द्र विष्ट, दुर्गा विक र उपमेयरमा लक्ष्मी बोगटी र राधिका सञ्ज्यालको नाम सिफारिस गरिएको छ। त्यस्तै ढकारी गाउँपालिकाबाट प्रमुखमा शेरबहादुर बुढा, नवराज साउद र धर्म शाही, उपप्रमुखमा देउकला खत्री, जानकी साउद र निर्मला थापाको नामा सिफारिस गरिएको छ। यस्तै चौरपाटी गाउँपालिकाको प्रमुखका लागि रामबहादुर आउजी, खडक खड्का, हर्क साउद र उपप्रमुखमा सुशीला बोगटीको नाम सिफारिस गरिएको छ।

त्यसै गरी मेल्लेख
गाउँपालिकाको प्रमुखमा हिरण्डप्रसाद भट्टराई, हेमराज शाह र उपप्रमुखमा कृष्णा खड्का पार्वती बोहरा र संगीता महरा, बान्नीगढी जयगढ गाउँपालिकाको प्रमुखमा कमल तिमिल्सेना र मानबहादुर साउद, उपप्रमुखमा निर्मला रावल र रतन तामाङलाई उम्मेदवारका लागी सिफारिस गरिएको नेकपा एमाले अछामले जनाएको छ। उता रामारोशन गाउँपालिकाको प्रमुखमा चक्रबहादुर रावल र उपप्रमुखमा विन्द्रा साउदको नाम सिफारिस गरिएको छ। उता तुर्माखाद गाउँपालिबाट प्रमुखमा पदमबहादुर बुढा र उपप्रमुखमा गोमति शाही, निर्मला न्यौपाने र विमला शाहीको नाम सिफारिस गरिएको नेकपा एमाले अछामले जानकारी दिएको छ। एमालेको नगर कमिटीबाट सर्वसम्मतरूपमा जिल्ला कमिटी हुँदै प्रदेश कमिटीमा सिफारिसमा परेका व्यक्तिहरुले उम्मेदवारको टिकट पाउने लगभग निश्चित भएको छ। जसमा मंगलसेन नगरपालिकाबाट मेयरमा पदमबहादुर बोहरा, कमलबजार नगरपालिकाबाट उपमेयरमा मना अधिकारीले टिकट पाउने पक्कापक्की छ। यस्तै चौरपाटी गाउँपालिकाको उपप्रमुखमा सुशीला बोगटी, रामारोशन गाउँपालिकाबाट प्रमुख चक्रबहादुर रावल र उपप्रमुख बिन्द्रा साउद, तुर्माखाँद गाउँपालिबाट प्रमुखमा पदमबहादुर बुढाले टिकट पाउने भएका छन्।

नेकपा एमालेले अछामका सबै स्थानीय तहका वडास्तरका उम्मेदवार छनौट गरिसकेको जानाएको छ। शनिबारबाट शुरु हुने नेकपा एमालेको प्रदेश कमिटी बैठकले प्रदेश नं. ७ का नगरपालिका र गाउँपालिकाका प्रमुख तथा उपप्रमुख पदमा उम्मेदवार बन्ने व्यक्तिहरुको टुंगो लगाउनेछ। यस्तै वडा तहमा चरम विवाद भई जिल्ला कमिटीले टुंगो लगाउन नसकेका व्यक्तिहरुको नामसमेत प्रदेश कमिटीमा पुग्ने बताइएएको छ। प्रदेश कमिटीको संयोजकको जिम्मा नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष भीम रावललाई दिइएको छ। अछामका अन्य दलहरु पनि वडा र नगर तथा गाउँपालिकामा उम्मेदवार छान्ने क्रम जारी रहेको छ।

प्रतिक्रिया दिनुहोस्