रसुवामा अपाङ्ग मैत्री मतदान केन्द्र निर्माण



रसुवा, (नेस) ।
बैसाख ३१ गते हुन लागेको स्थानीय तह चुनावमा अशक्त तथा अपाङ्गता भएका व्यक्तिहरुको मतदानमा पहुँच पुर्याउन रसुवामा अपागंमैत्री मतदान केन्द्र निमार्ण गरिएको छ ।

जिल्ला निर्वाचन अधिकारी नविन खालिङका अनुसार जिल्लाको गोसाइकुण्ड गाँउपालिका–५ मा अपांग मैत्री मतदान केन्द्र निमार्ण गरिएको हो ।

अपाङ्गता भएका व्यक्तिहरुलाई मतदान केन्द्रसम्म सहजै ह्विलचियर गुडाएर पुग्न सक्ने वनाइएको जिल्ला निर्वाचन कार्यालय रसुवाले जनाएको छ ।

अपाङ्गता भएका व्यक्तिहरुलाई अन्य मतदाता झै मतदान केन्द्रमा पुग्न सक्ने अवस्था नरहने भएका कारण अपाङ मैत्री निर्माण गरिएको कार्यालयको भनाई छ ।

अपाङ्गता भएका व्यक्तिहरु, अशक्त, वृद्धवृद्धा लगायतलाई समेत मतदान केन्द्रमा लाइनमा नबसी सहजै मतदान गर्न सक्ने विशेष व्यवस्था मिलाएको निर्वाचन अधिकारी खालिङले वताउनुभयो ।

पाँच वटा गाउँपालिका रहेको रसुवामा चार सय ३८ जना अपाङ्गता भएका व्यक्तिहरुले मतदान गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्