गृहमन्त्रीलाई विप्लवको डर



मोतीराम तिमल्सिना, काभ्रे ।
आगामी ३१ हुने स्थानीय तहको निर्वाचनका लागि मतदाता, उम्मेदवार र मतदान स्थल सुरक्षा कसरी दिने भन्ने रणनीति बनाउन मध्यमाञ्चल स्तरीय सुरक्षा निकायका प्रमुखहरुको भेला धुलिखेलमा आयोजना गरिएको छ ।

मध्यमाञ्चल क्षेत्रिय सुरक्षा गोष्ठीको उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधीले उद्घान गरेका थिए । गोष्ठीको उद्घाटन सत्रमा बोल्दै निधीले निर्वाचनमा आई पर्ने चुनौती सामना गर्ने गरी सुरक्षा रणनीति बनाउन जिल्ला प्रमुखहरुलाई निर्देशन दिएका थिए । गोष्ठीमा ११ जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धानका प्रमुखहरुको सहभागिता रहेको छ ।

तराईमा तराई केन्द्रित दलहरुको असमझदारी र उनिहरुको आन्दोलन प्रमुख चुनौती रहेको निश्कर्ष निकालेको सुरक्षा निकायले मध्यमाञ्चलका अधिकांश जिल्लामा माओवादी केन्द्रबाट फुटेको विप्लब समुहको नेकपा माओवादीको जर्बजस्ति चन्दा, उम्मेदवारको अपहरणको धम्कि र निर्वाचन बहिस्कार प्रमुख चुनौती रहेको निश्कर्ष निकालिएको थियो ।

गृहमन्त्री निधीले नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय अनुशन्धानका अधिकारीहरु मार्फत त्यस्ता सुरक्षा थ्रेटलाई न्युनिकरण गरी भय रहित वातावरणमा मतदान गर्ने वातावरण तयार गर्न लागेको जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्