अवैध कल बाइपास गर्ने पक्राउ



काठमाडौँ, ७ वैशाख । नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरोले अवैध रुपमा कल बाइपास गरेको आरोपमा अनुपा खतिवडालाई पक्राउ गरेको छ ।

ब्युरोबाट खटिएको टोलीले गोकर्णेश्वर नगरपालिकास्थित श्रीराम पौडेलका घरमा बसेर अवैध रुपमा कल बाइपास गरिरहेको अवस्थामा उनलाई बुधबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

सो ठाउँबाट ६४ पोर्टको जिएसएम गेटवे डिभाइस, टिपी लिङ्कको राउटर, एचपी कम्पनीको ल्यापटप, कलर्स मोबाइल, आठ जिबीको पेनड्राइभ र सोनी एक्सपेरिया मोबाइल एक एक थान बरामद गरिएको छ । अभियुक्त खतिवडालाई दूरसञ्चार ऐन, २०५३ अन्तर्गत जिल्ला अदालत काठमाडौँबाट पाँच दिन म्याद लिई अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्