पहिराले पुरिएर तीनको मृत्यु



कालीकोट, ७ वैशाख । स्थानीय लालीघाट बजारमा आज साँझ आएको पहिराले तीन जनाको मृत्यु भएको छ ।

पहिराले चियापसलमा चिया खान बसेका दुई र पसल सञ्चालकको मृत्यु भएको अस्थायी प्रहरी चौकी हुल्मका प्रहरी हवल्दार सुरेन्द्र थापाले जानकारी दिनुभयो । अहिले पनि पानी परिरहेको र पहिरो झर्ने क्रम नरोकिएकाले उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ । शव पहिराबाट निकाल्न नसकिएको र उनीहरुको सनाखत पनि हुन सकेको छैन । रासस

प्रतिक्रिया दिनुहोस्