मोर्चाको प्रदर्शन



शिवहरि प्रसाद भट्टराई, राजविराज । पूर्वनिर्धारित कार्यक्रम अनुसार संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले विहिवार बेलुकी सप्तरीमा प्रर्दशन गरेको छ । जिल्ला संयोजक दिनेशकुमार यादवको नेतृत्वमा मोर्चाका नेता÷कार्यकर्ताहरुले प्रदर्शन गरेका हुन ।

स्थानिय शिव मन्दिरको प्राङ्गणबाट निकालिएको लाठी जुलुस सरकार विरुद्ध चर्को नाराबाजी गर्दै राजविराज नगरको परिक्रमा गरेको छ । परिक्रमा पश्चात स्थानिय दशन चोकमा जिल्ला संयोजक यादवकै अध्यक्षतामा विरोधसभाको आयोजना गरेको छ ।
सभामा राष्ट्रिय जनता पार्टीका युवा नेता विद्यानन्द चौधरी, राष्ट्रिय मधेश समाजवादी पार्टीका युवा नेता निरजमुक्ति, संघीय समाजवादी फोरम नेपालका युवा नेता तारकेश्वर यादव लगायतका युवा नेताहरुले सम्बोधन गरेका थिए ।
मोर्चाका कार्यकर्ताहरुले जिल्लाको ६ वटै क्षेत्रमा लाठी जुलुस सहित मुख्य–मुख्य बजारमा समेत प्रदर्शन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्