मोर्चा आउने भए तराईमा दोस्रो चरणमा चुनावः थापा



नेपाल समाचारपत्र, हेटौंडा । राप्रपा अध्यक्ष कमल थापाले मधेशी मोर्चा स्थानीय तह चुनावमा भाग लिन आउने भए तराईका जिल्लामा दोस्रो चरणमा चुनाव गर्न सकिने बताएका छन् ।

उपप्रधान तथा स्थानीय विकास मन्त्रीसमेत रहेका थापाले मधेशबादी दलहरु चुनावमा भाग लिन आए दोस्रो चरणमा त्यस क्षेत्रमा चुनाव गर्न सत्तारुढ दल र प्रमुख प्रतिपक्षी एमालेसमेत सहमत भएको बताएका हुन् ।

राप्रपा मकवानपुरले बिहीबार हेटौंडामा गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले २० वर्षपछि हुन लागेको स्थानीय तह चुनावमा भाग लिन मधेशबादी दलहरुलाई आग्रह गरेका थिए ।

निर्वाचन बहिष्कारजस्तो कठोर निर्णय नगर्न आग्रह गर्दै उनले भने–स्थानीय तह चुनावमा भाग नलिने कठोर निर्णय नगर्नुस् । वैशाख ३१ गतेसम्म मधेशबादी दलहरुलाई चुनावमा भाग लिने वातावरण तयार गर्न सरकार लागिपरेको अध्यक्ष थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्