अजित मिजार र लक्ष्मी परियारको परिवारलाई १०/१० लाख



नेपाल समाचारपत्र, काठमाडौं ।
अन्तरजातिय विवाहका कारण गैरदलित परिवारबाट मारिएका काभ्रे पाँचखालका अजित मिजार र काभ्रेकै लक्ष्मि परियारको परिवारलाई सरकारले राहत स्वरुप १० लाख रुपैयाँ प्रदान गर्ने भएको छ ।

युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपालीको प्रस्तावमा मन्त्रिपरिषदको आज विहान बसेको बैठकले प्रति परिवार १० लाख राहत दिने निर्णय गरेको हो । त्यस्तै मन्त्रि श्रीपालीकै प्रस्तावमा मन्त्रिपरिषदले लक्ष्मि परियारको छोरा छोरीको लालन पालन तथा शिक्षाको समेत सरकारले जिम्मेवारी लिने भएको छ ।

स्थानिय कल्पना पराजुलीसँग विवाह गरेका अजित मिजारलाई गत असारमा धादिङको कुम्पुर गाविस स्थित फुर्के खोला किनारमा हत्या गरिएको थियो । त्यस्तै बोक्सीको आरोपमा काभ्रेकै लक्ष्मि परियारलाई मल मुत्र खुवाएर गैरदलितले हत्या गरेका थिए । यी दुवै घटना छानबीन गर्नका लागि यसअघिको मन्त्रिपरिषद बैठकले मन्त्री श्रीपालीको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्