हरवा चरवा ऋण मिनहासहित खारेजीको माग



नेपाल समाचारपत्र, काठमाडौं
हरवा, चरवा अधिकार मञ्च र बाँधा श्रम सञ्जाल नेपालले अन्यायपूर्ण श्रम सम्बन्धको रुपमा रहेको हरवा चरवा प्रथा ऋण मिनहासहित तत्काल खारेजीको माँग गरेको छ ।

बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर मञ्चले यस्तो माँग गरेको हो । त्यस्तै मञ्चले सरकारको प्रस्तावित बजेट हरवा चरवाको पक्षमा खर्च गर्न समेत माग गरेको छ ।

मञ्चका अध्यक्ष दशन मण्डलले हरवा चरवाहरुको ऋण तत्काल सरकारले मिनहा गर्नुपर्ने बताउँदै हरवा चरवाहरुको तथ्यांक संकलन समेत प्रारम्भ गर्न माग गरे ।

कार्यक्रममा उनीहरुले कमैया, हलिया र कम्लहरीको सवालमा पनि मुक्त बाँधा श्रमीक र मुक्त घोषणा हुन बाँकी श्रमीकका लागि एक घर एक रोजगारको व्यवस्था गर्नुपर्ने माग गरेका छन् ।

कार्यक्रममा बोल्दै रासलाल रामले छुट भएका कमैया र हलियाहरुको तथ्यांक संकलन गर्न माँग गरे । त्यस्तै उनले मुक्त कमैया, हलिया र हरवा चरवा बसोबास गरेको स्थानमा पुर्नस्थापना गर्न समेत सरकारसमक्ष माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्